२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एक विद्यार्थीले यस्तो सुसाईड नोट लेखेर गरे आत्महत्या  

२७ बैशाख २०७३, सोमबार १२:४४

सन्तोषकुमार गुप्ता/ बैशाख २७, दाङ । दाङमा एक विद्यार्थीले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।

जिल्लाको तुलसीपुरस्थित ग्रेड अरनिको उच्चमाविको कक्षा ११ मा अध्ययनरत १८ वर्षिय ताराप्रसाद डाँगीले सुसाइट नोट लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सल्यान सिनबाङ–३ घर भई हाल अध्ययनको शिलशिलामा तुलसीपुर–४ विशालनगर टोलमा बस्दै आएका डाँगीले गएराति सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् ।

डाँगीले सुसाइड नोट कवितात्मक शैलीमा लेखेका छन्। जसमा उनले आफ्नो स्वास्थ्य ठीक नभएको र उपचारका लागि आवश्यक रकम पनि नभएको कारण आत्महत्या गरेको लेखेका छन् । डाँगीले लेखेको सुसाइड नोटमा आफ्नो मृत्युको प्रमुख कारण गरिवी र रोगलाई नै उल्लेख गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाइँले जानकारी दिए । प्रहरीका अनुसार मृतक डाँगीलाई छारे मृगी रोग भएको खुल्न आएको छ। उनले त्यसका लागि नियमित औषधि सेवन गर्दै आएका थिए ।

तर पछिल्लो समय औषधि किन्ने र कलेजमा पढाइ शुल्क तिर्ने रकम पनि नभएपछि आत्महत्या गरेको कारण उनलेसुसाइड नोटमा उल्लेख गरेका छन् । मृतक डाँगी तुलसीपुर स्थित ग्रेट अरनीको उच्चमाविमा कक्षा ११ मा अध्यनरत थिए। उनी अध्यनका लागि तुलसीपुरमा कोठा भाडामा बस्दै आएका थिए ।

मृतकको शव पोष्र्टमार्टमा लागि अञ्चल अस्पातल तुलसीपुरमा राखिएको छ । सिलिङ्ग फ्यानमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा डाँगीको सव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीरपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु