२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा हात्ती आतंक रोकिएन, फेरी पनि ७ घरमा क्षति

२०७५, २८ पुष शनिबार १०:४३

पुष २८, मलंगवा । डेढ महिनादेखि सर्लाहीको जंगल छेउछाउको बस्तीमा आतंक मच्चाउँदै आएका हात्तीले शुक्रबार राती ७ घरमा क्षति पूर्‍याएका छन्। विगत डेढ महिनामा हात्तीले करिब ४७ घरमा क्षति पूर्‍याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बिहीबार राती मात्रै ३ घरमा क्षति पूर्याएका थिए।

आफ्नो बासस्थान छोडेर सर्लाहीको जंगलमा आएका हात्तीले शुक्रबार मध्यरातमा ईश्वपुर नगरपालिका २ मियाखोरका सत्यनारायण ब्लोन, रामप्रसाद साह, रामपृत चौधरी, सिङटोलका रामचन्द्र माझी, नथुनी माझी, कालीमान बिक र सोनेलाल महतोको घरमा क्षति पुर्या‍एको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हातीले घरको गारो भत्काएर घरमा भएका अन्न पनि नष्ट गरेको छ।

जंगलबाट बस्ती पसेका दुई हात्तीले बाँसको टाटीले बनाएको कच्ची एक तल्ले घरमा बढी क्षति पुर्‍याएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए। हात्तीको आक्रमणबाट कुनै मानवीय क्षति नभएको प्रहरी प्रमुख पोखरेलले बताए। हात्ती अहिले पूर्वतर्फ लागेको हुनाले गाउँलेलार्ई सचेत भएर बस्न उनले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी