२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बनौं माविमा बालअधिकार चेतना समूह गठन

१८ भाद्र २०७२, शुक्रबार ०८:५२

भदौ १८, पर्वत / बनौं माध्यमिक विदुयालय बनौमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा बिहीबार भएको विद्यार्थीहरुको एक वृहत भेलाले चन्द्र पाईजाको अध्यक्षतामा ११ सदस्यीय बालअधिकार चेतना समूह गठन गरेको छ ।

नवगठित समूहको उपाध्यक्षमा उमेश पुन, सचिवमा तुकबहादुर पुन र कोषाध्यक्षमा यमकुमारी शर्मा रहेका छन् भने अन्य सदस्यहरुमा दिलिपा फकामी, शुशिला पुन, सागर वि.क., नविन फकामी, दिपशन फकामी, शुशिला फकामी र टकमाया पुन रहेका छन् ।

छात्रा मञ्जु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का स्थानीय सामाजिक परिचालक मीना पुनले बालअधिकार चेना समूहको आवश्यकता, महत्व तथा काम, कर्तव्य र अधिकारका बारेमा सहजीकरण गनुभएको थियो ।

कार्यक्रमम मानवअधिकार निगरानी समूह बनौका अध्यक्ष गौबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर पूर्जा, प्राधानाध्यापक चक्रबहादुर पाइजा लगायतले बोलेका थिए भने भेलाल नियमित रुपमा बाल भित्ते पत्रिका समेत प्रकाशन गर्ने निर्णय गरेको इन्सेक जिल्ला प्रतिनिधि किशोर सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार