2026-07-25 11:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारिताको भाषामा ध्यान दिन आग्रह : किशोर श्रेष्ठ

पुस ३०, काठमाण्डौ | प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साना लगानीका मिडियाको संरक्षण एवं प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ । 

काउन्सिलद्वारा यहाँ आइतबार आयोजित ‘भाषिक पत्रकारिताको व्यवस्था तथा आचारसंहिता’ विषयको अन्तरक्रियामा श्रेष्ठले भाषिक पत्रपत्रिका तथा साना लगानीका मिडियामा समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि सरकारविरुद्ध मुद्दा लडी आफ्नो पक्षमा फैसला भएको जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस सम्बन्धमा सम्बोधन गर्ने गरी ऐन ल्याउने तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भाषा बाँच्यो भने देश बाँच्ने हो, त्यसैले पनि आम पत्रकारिता क्षेत्रले भाषामा ध्यान दिनुपर्छ ।” 

काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरका अनुसार नेपालमा मातृभाषाका ६५ पत्रपत्रिका भए पनि ती व्यावसायिक बन्न नसके पनि तिनले स्थानीय समाचारलाई प्राथमिकता दिएका छन् । पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने तथा प्रेस स्वतन्त्रताको संरक्षण संम्बद्र्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्ने उद्देश्यले विस २०२७ असोज ६ गते काउन्सिल स्थापना गरिएको हो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला