७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कृषक महासंघ गठन

२१ भाद्र २०७२, सोमबार १३:४९

unnamed (4)

भदौ २१, पर्वत । बाजुङ, देउपु्र, तिलाहार र चित्र गाविसमा छ्ट्टा छुट्टै गाविस स्तरीय राष्ट्रिय कृषक समुह महासंघको गठन भएको छ । आइतबार कृषि सेवा केन्द्र पातिचौरमा भएको अगुवा कृषक भेलाले छुट्टा छुट्टै महासंघ गठन गरेको हो ।

बाजुङ अन्तरर्गत रहेका कृषि समुह र सहकारी संस्थामा आवद्ध भएका कृषकहरुले पदम बहादुर अधिकारीको नेतृत्वमा ९ सदस्यीय महासंघ गठन गरेको छ । महासंघमा उपाध्यक्ष कौशिला रेग्मी, सचिव प्रकाश सुवेदी, सहसचिव बालकुमारी पौडेल, कोषाध्यक्षमा गंगादेवि अधिकारी रहेका छन् । त्यसैगरी देउपु्र गाविसमा टिकाराम तिमिल्सिनाको नेतृत्वमा कृषक महासंघ गठन भएको छ ।

उपाध्यक्षमा सोविता हमाल, सचिव संझना कुमारी तिमिल्सिना, कोषाध्यक्षमा लक्ष्मी पौडेल, सहसचिवमा गुरुदत्त आचार्य रहेका छन् । उता तिलाहार गाविस अन्तरगर्तको कृषक महासंघको नेतृत्व चित्र बहादुर बस्नेतले गरेका छन् । उपाध्यक्षमा चन्द्रबहाद्ुर विक, सचिवमा रामबहादुर विक, सहसचिवमा अनिता विसि, कोषाध्यक्षमा सेती महत रहेका छन् भने चित्र गाविस अन्तरगर्तको महासंघमा डिल्लीराज पौडेल अध्यक्षमा चयन भएका छन् ।

unnamed (5)

उपाध्यक्षमा इन्द्र विक, सचिवमा गिताराम शर्मा, सहसचिवमा कोपिला मणि लम्साल, कोषाध्यक्षमा सिता पौडेल रहेका छन् । राष्ट्रिय कृषक महासंघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष भत्त बहादुर बस्नेतको प्रम्ुख अथिति तथा जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीको विशिष्ट आथित्यमा भएको कार्यक्रममा बोल्दै आगामी संविधानमा कृषकका हकअधिकारलाई सुनुश्चित गर्ने खालको संविधान निर्माण गर्नु पर्नेमा जोड दिनुपर्ने बताएका थिए ।

कृषि पेशमा लाग्नेको संख्या देशमा सवैभन्दा बढि भएका कारण कृषि पेशालाई राज्यले मौलिक हकभित्र राख्नुपर्ने उनीहरुको जोड थियो । राष्ट्रिय कृषक महासंघका पर्वतका अध्यक्ष ढाकाराम गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उवासंघका महिला सभापति गंगा तिमिल्सिना, जिविसका सामाजिक परिचालक प्रकाश लम्साल, पातिचौर कृषि सेवा केन्द्रका प्रमुख नमनारायण शर्मा, जिल्ला कृषक महासंघका उपाध्यक्ष लालबहादुर हरिजन लगाएतले बोलेका थिए भने कार्यक्रमको संचालन राष्ट्रिय कृषक महासंघका सहसचिव कृष्णबहादुर सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो वाणिज्य बैङ्कहरूले नौ महिनामा ४१ अर्बभन्दा बढी खुद नाफा कमायो राप्रपा सहितका राजावादी कार्यकर्ताहरु उश्रृंखल, सरकार, प्रहरी र पत्रकारको अपमान नेपाल शिक्षक महासंघको निजी विद्यालयहरू पनि बन्द गरी साथ दिन आग्रह पाकिस्तानको महिला क्रिकेट टोली भारतमा हुने महिला विश्वकप खेल्न नजाने