२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कृषक महासंघ गठन

२०७२, २१ भाद्र सोमबार १३:४९

unnamed (4)

भदौ २१, पर्वत । बाजुङ, देउपु्र, तिलाहार र चित्र गाविसमा छ्ट्टा छुट्टै गाविस स्तरीय राष्ट्रिय कृषक समुह महासंघको गठन भएको छ । आइतबार कृषि सेवा केन्द्र पातिचौरमा भएको अगुवा कृषक भेलाले छुट्टा छुट्टै महासंघ गठन गरेको हो ।

बाजुङ अन्तरर्गत रहेका कृषि समुह र सहकारी संस्थामा आवद्ध भएका कृषकहरुले पदम बहादुर अधिकारीको नेतृत्वमा ९ सदस्यीय महासंघ गठन गरेको छ । महासंघमा उपाध्यक्ष कौशिला रेग्मी, सचिव प्रकाश सुवेदी, सहसचिव बालकुमारी पौडेल, कोषाध्यक्षमा गंगादेवि अधिकारी रहेका छन् । त्यसैगरी देउपु्र गाविसमा टिकाराम तिमिल्सिनाको नेतृत्वमा कृषक महासंघ गठन भएको छ ।

उपाध्यक्षमा सोविता हमाल, सचिव संझना कुमारी तिमिल्सिना, कोषाध्यक्षमा लक्ष्मी पौडेल, सहसचिवमा गुरुदत्त आचार्य रहेका छन् । उता तिलाहार गाविस अन्तरगर्तको कृषक महासंघको नेतृत्व चित्र बहादुर बस्नेतले गरेका छन् । उपाध्यक्षमा चन्द्रबहाद्ुर विक, सचिवमा रामबहादुर विक, सहसचिवमा अनिता विसि, कोषाध्यक्षमा सेती महत रहेका छन् भने चित्र गाविस अन्तरगर्तको महासंघमा डिल्लीराज पौडेल अध्यक्षमा चयन भएका छन् ।

unnamed (5)

उपाध्यक्षमा इन्द्र विक, सचिवमा गिताराम शर्मा, सहसचिवमा कोपिला मणि लम्साल, कोषाध्यक्षमा सिता पौडेल रहेका छन् । राष्ट्रिय कृषक महासंघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष भत्त बहादुर बस्नेतको प्रम्ुख अथिति तथा जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीको विशिष्ट आथित्यमा भएको कार्यक्रममा बोल्दै आगामी संविधानमा कृषकका हकअधिकारलाई सुनुश्चित गर्ने खालको संविधान निर्माण गर्नु पर्नेमा जोड दिनुपर्ने बताएका थिए ।

कृषि पेशमा लाग्नेको संख्या देशमा सवैभन्दा बढि भएका कारण कृषि पेशालाई राज्यले मौलिक हकभित्र राख्नुपर्ने उनीहरुको जोड थियो । राष्ट्रिय कृषक महासंघका पर्वतका अध्यक्ष ढाकाराम गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उवासंघका महिला सभापति गंगा तिमिल्सिना, जिविसका सामाजिक परिचालक प्रकाश लम्साल, पातिचौर कृषि सेवा केन्द्रका प्रमुख नमनारायण शर्मा, जिल्ला कृषक महासंघका उपाध्यक्ष लालबहादुर हरिजन लगाएतले बोलेका थिए भने कार्यक्रमको संचालन राष्ट्रिय कृषक महासंघका सहसचिव कृष्णबहादुर सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने