७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धौलागिरि बहुउद्देश्यीय समितिको अध्यक्षमा पुरी चयन

२८ भाद्र २०७२, सोमबार १०:४६

भदौ २८, पर्वत / धौलागिरि बहुउद्देश्यीय महिला विकास समितिको साधारणसभाले शनिवार नयाँ कार्यसमिति गठन गरेको छ । उक्त समितिको अध्यक्षमा कलावती पुरी सर्वसम्मत चयन भएकी छन् भने प्रथम उपाध्यक्षमा लक्ष्मी अधिकारी, द्धितिय र तृतीय उपाध्यक्षमा क्रमशः ज्ञानु श्रेष्ठ, सरस्वती पाण्डे रहेका छन् ।

त्यसैगरी सचिव विष्णु उप्रेती, सहसचिव सीता नेपाली, कोषाध्यक्ष शोभा श्रेष्ठ, सहकोषाध्यक्ष विमला रिमाल लगायत पन्ध्र सदस्यहरु चयन भएका छन् । समितिको तीन सदस्यीय सल्लाहकार समितिमा सरस्वती शर्मा जिज्ञासु, राममाया श्रेष्ठ, जमुना गौडेल रहेका बताईएको छ ।

साधारणसभामा प्रमुख अतिथि रहेकी जिल्ला प्रहरी प्रमुख डिएसपी गंगापन्तले महिला दिदीवहिनीहरुले आर्थिकस्तर माथि उठाउन संगठित भई अगाडि बढेमा सरल हुने भनाई व्यक्त गरिन् । समितिकी अध्यक्ष पुरीले महिलाहरुको आर्थिक र सामाजिक हैसियतलाई माथि उठाउन आफू सधै लागि पर्ने बताईन् । पर्वतको सदरमुकाम कुश्मामा सम्पन्न भएको समितिको उक्त साधारणसभामा महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो