2026-06-28 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौसमको पूर्व सूचना दिने राडार निर्माण गरिएपनि सञ्चालनमा अन्यौल

2019-01-18

माघ ४, सुर्खेत । जल तथा मौसम विज्ञान विभागले  नेपालकै पहिलो मौसमको पूर्व सूचना दिने राडार सुर्खेतमा निर्माण गरेपनि यसको सञ्चालनमा अन्यौलता देखिएको छ । मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयलाई प्रदेश ५ को कोहलपुर सारिएपछि करोडौं लागतमा निर्माण भएको मौसमी पूर्व सूचना दिने राडार सञ्चालनमा अन्यौलता देखिएको हो ।


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१४ स्थित रातानाङ्ला डाँडामा विभागले मौसमी राडार केन्द्रको निर्माण सम्पन्न गरिसकेको छ । समग्र सेवा प्रणालिको सवलीकरण र मौसम तथा जल सम्वन्धी अवलोकन कार्यप्रर्णालीमा अत्याधुनिक सुविधा सम्पन्न बनाउन विश्व बैंकका सहयोगमा इन्टरप्राईज इलेक्ट्रोनिक को–अप्रेशन अमेरिकन कम्पनीले मौसमी पूर्व सूचना दिने (राडार) निर्माण गरिदिएको हो । राडार स्थापना भएको केन्द्रदेखी प्रदेश पाँच, कर्णाली र सुदूपश्चिम क्षेत्रको तीनसय किलोमिटर दुरीसम्मको मौसमको पूर्व अवस्थाको जानकारी दिनेछ । राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालिको वहाव, वादलको अवस्था, चक्रवातको वहिर्भावको स्थिति, असिना, हिउ, चट्याङ लगायत बाढीको जोखिमको पुर्वानुमानको काम गर्नेछ ।  राडारको पूर्वाधार निर्माणको ९९ प्रतिशत काम काम सम्पन्न भएको स्टक–टू काठमाडौंका प्रतिनीधि इश्वर गिरीले जानकारी दिए । उनले कर्मचारी अभाव र सुरक्षाको अभाव भएको गुनासो पोखे ।

झण्डै १७ करोडको लागतमा निर्माण गरिएको राडारले दिइरहेको मौसमी गतिविधिको जानकारी  इन्टरप्राईज इलेक्ट्रोनिक को–अप्रेशन अमेरिकन कम्पनीले नै अमेरिकामा संकलन गरिरहेको छ । सुर्खेतमा रहेको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले प्रदेश ५ को कोहलपुर सारिएपछि विभागलाई निर्माण सकिएको राडार हस्तान्तरण हुन सकेको छैन् । राडार निर्माणसंगै ११ जना कर्मचारीहरुको दरवन्दी मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयले यसअघि नै विभागमा पठाइसकेको छ । तर राडारको मुख्य केन्द्र कहाँ रहने भन्ने टुंगो विभागले लगाउन सकेको छैन् । करोडौं लागतमा निर्माण गरिएको राडारको प्रमुख सूचना संकलन गर्ने केन्द्र सुर्खेतमा राख्न पहली प्रयास भइरहेको जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक डा. ऋषिराम शर्माले बताए । उनले विपद् आउनु पूर्वका सम्पूर्ण गतिविधिहरु थाहा पाउने महंगो उपकरण स्थापना गरेपनि मन्त्रालयले यसको महत्व नबुझेको हुनसक्ने बताए । ‘कर्णालीकै हितका लागि सुर्खेतमा कार्यालय हुन जरुरी छ’ शर्माले भने ‘राडारले दिने सूचना छिटो रुपमा ग्रहण गर्न कोहलपुरभन्दा सुर्खेतमा कार्यालय हुन अति आवश्यक छ ।’ राडार सुर्खेतमा निर्माण हुनु भनेको नेपालको लागि नयाँ अभ्यास हो । तर यसबाट बढी लाभ कर्णाली सरकारले लिन्छ’ डा. शर्माले थपे, ‘भौगोलिक रुपमा विकट प्रदेशमा मौसमको स्पष्ट जानकारी यहीँबाटै थाहा पाउने सकिन्छ । तसर्थ यो क्षेत्रमा हुन सक्ने दैवी प्रकोप घटनाबाट जिउधनको क्षती हुनमा राडारले मद्दत गर्छ ।’ बालुवामा पानी खनाएसरी आयोजना सम्पन्न गर्ने र त्यसबाट लाभ लिन नसक्ने हो भने राडार निर्माण गर्नुको औचित्य नहुने उनको तर्क छ । तर उनले राडारको सम्पूर्ण गतिविधि सुर्खेतमै हेर्ने गरी कार्यालय स्थापनार्थ आफ्नो पहली प्रयास रहने बताए । सरकारले कार्यालयलाई नै कोहलपुर सार्नुभन्दा नेपालकै हितका लागि बनेको राडारबाट अधिकतम लाभ लिन सुर्खेतमै कार्यालय हुन आवश्यक रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राज्ञ डा. मदनलाल श्रेष्ठ बताउँछन् । मौसमसम्बन्धी सम्पूर्ण गतिविधि राडारले त दिन्छ नै’ श्रेष्ठ भन्छन्, ‘हवाई दुर्घटना रोक्न पनि राडारको महत्व उत्तिकै छ ।’ ‘जुम्ला र सुर्खेतमा मौसम सफा छ तर हवाई रुटको विचको मौसम विमानस्थल टावरलाई थाहा हुँदैन’ डा. श्रेष्ठले थपे, ‘राडारले त्यो विचमा कहाँ कति बादल लागेको छ वा वर्षा के भइरहेको छ भन्ने स्पष्ट जानकारी दिन्छ । त्यसैले यति महंगो संरचना एकातिर कार्यालय अर्कैतिर सार्नु राम्रो पक्ष हैन् ।’   

सरकारले उदयपुरको उदयपुरगडी र पाल्पाको रिब्डिकोटमा मौसमी राडार राख्न सर्भे प्रक्रिया समेत अघि बढाइ सकेको छ । नेपालको तत्कालिन मौसमी अवस्था पत्ता लगाउन र भविष्यमा हुन सक्ने मौसमी जानकारीको पूर्वानुमान गर्न निर्माण गरिएको राडारलाई सरकारले सही रुपमा सञ्चालन गर्न आश्यक रहेको मौसम विज्ञहरु बताउँछन् । उनीहरुले नेपालमा हुने हवाई दुर्घटना रोक्नमा राडारले समेत सहयोग पु¥याउने भएकाले प्रविधिको सही सदुपयोग गर्न सरकारसंग आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी