२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्थानिय विकास अधिकारी रिजाल र सह-प्रजिअ लामिछानेलाई पर्बतमा स्वागत

२०७२, ८ आश्विन शुक्रबार १९:२१

असोज ८, पर्वत । राष्ट्रिय उपभोक्ता मञ्च पर्वत र महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजालको संयुक्त आयोजना जिल्लामा भर्खरमात्रै पर्वत जिल्लामा सरुवा भै आएका स्थानिय विकास अधिकार शिवप्रसाद रिजाल र सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेलाई स्वागत गरेको छ । शुक्रवार मंचका पदाधिकारीसँग परिचयात्मक कार्यक्रम तथा स्वागत कार्यक्रमको आयोजना गरी मंचले भर्खरमात्रै जिल्लामा सरुवाभै आएका एलडीओ र सप्रजिअको स्वागत गरेको हो । कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकार रिजाल र सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले नागरिक, राजनीतिक दल तथा स्थानिय संघसस्थासँग समन्वय गरी सेवा प्रदान गर्ने बताएका छन् । स्थानिय स्वायत्त शासन, विधि अनुसान र नियमअनुसार आफुले कार्य गर्ने स्थानिय विकास अधिकारी रिजाले बताए ।

त्यसैगरी सप्रजिअ अधिकारीले सवै कार्य हिसाब जस्तै दुइमा दुइ जोड्दा चार भएजस्तो नुहने तर सवैकुरा सहकार्यमा हुने भन्दै नागरिकलाई सहज र सुलभ तरिकाले सेवा प्रवाह गर्नमा आफुले निरन्तर लागि रहेन बताएका छन् । रिजाल र अधिकारीले आफ्नो गृह जिल्ला भएका कारण पनि जिल्लाको विकासका लागि आफुहरु लागि पर्नेमा विश्वस्त हुन आग्रह गरे । रिजाल र अधिकारीले यो हाम्रो जन्मभूमि मात्र नभइ अहिले कार्य थलो भएका कारण आफूहरु जिल्लाको समग्र विकासको लागि हदैको प्रयास गर्ने बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मंच पर्वतकी अध्यक्ष सरिता भण्डारी सरुको अध्यक्षताको सम्पन्न भएको कार्यक्रममा स्वाग मन्तव्य शिवालय खानेपानी उपभोक्ता समितिका अध्यक्ष तारानाथ शर्माले गरेका थिए भने गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष राजेन्द्रप्रसाद पौडेल, मंचका सल्लाहकार खडानन्द आचार्य, सिता केसि, कर्मचारी युनियनका अध्यक्ष ध्रुबप्रसाद सुवेदी लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन राष्ट्रिय उपभोक्ता मंचका सचिव भरत कुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु