२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा आगलगीबाट अठार लाख क्षति,छ घर जलेर नष्ट

६ माघ २०७५, आईतवार ०६:१५

माघ ६, सर्लाही | घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८ गडहियामा छ घर जलेर नष्ट भएको छ । आगलागीबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ । 

स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको छ । 

आगलगीबाट करीब रु १८ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । इशा महमदको इँटा र फुसले छाएको घर, घरमा रहेको अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर रु १० लाख बराबरको क्षति भएको छ । किताब लहेरीको फुसको घर, घरमा रहेको बाख्रा, खसी, पाडी जल्दा करीब रु तीन लाख बराबरको क्षति भएको छ । सलिम लहेरीको फुसको घर पूर्ण रुपमा जलेर दुई लाख ७५ हजार बराबरको क्षति भएको छ । 

त्यस्तै मन्जुर लहेरीको घरको छानो जली करीब एक लाख बराबरको क्षति भएको छ । जाजुल लहेरीको पाँच बाख्रा र घरमा आंशिक क्षति पुगेर करीब रु ५० हजारको क्षति भएको छ भने अकबर लहेरीको फुसको घर पूर्णरूपमा जल्दा रु एक लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । 

स्थानीयवासी, प्रहरी र मलङ्गवा नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिँदा थप क्षति हुनबाट जोगिएको नगरपालिका प्रमुख अभय सिंहले जानकारी दिनुभयो । पीडितलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रमुख सिंहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो