९ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नयाँ नोट साट्न बैंकमा सेवाग्राहीको भीड

२८ आश्विन २०७२, बिहीबार १२:१०

असोज २८, पर्बत । नेपालीको महान पर्व शुरु भएसँगै जिल्लामा रहेका बैंकमा सेवाग्राहीको भीड लाग्न थालेको छ ।

दशैको लागि नयाँ नोट साट्नको लागि बैकमा सेवाग्राहीको भीड लागेको हो । बिभिन्न स्थानबाट आएका बृद्धबृद्धाहरु बृद्धाभत्ता लिनको लागि घण्टौ लाइनमा बस्नको लागि बाध्य भएका छन् । सरकारले बृद्धाभत्ता बैक मार्फतन् गर्न थालेपछि बृद्धबृद्धाहरुलाई बैकमा धाउनुपर्ने बाध्यता सिर्जना भएको हो ।

यस अघि प्रत्येक गाविसमा गाविस सचिवलेनै वितरण गदै आएका थिए । बैक मार्फत बृद्धाभत्ताको लागि सरकारले नीति ल्याए पछि बृद्धबृद्धाहरु घण्टौ लाइनमा बसी भत्ता लिन बाध्य भएका हुन् ।

त्यसैगरी सरकारी कर्मचारी पनि तलब भत्ताको लागि बैकमा लाइन लागेर घण्टौ र्एउटा चेक साट्नको लागि बस्नुपर्ने बाध्यता भएको छ भने दशैको लागि नयाँ नोट साट्नको लागि पनि सेवाग्राहीको भीड लाग्न थालेको हो । नेपाल सरकारले गत आर्थिक बर्षदेखि प्रत्येक बृद्धबृद्धा शिक्षक कर्मचारीहरुको व्यक्तिगत खाता खोल्न लगाई त्यसैमा पैसा जम्मा गरी झिक्ने व्यवस्था गरेको थियो ।

पहिले बृद्धबृद्धाहरुले गाउँ विकास समितिबाटै भत्ता लिने गर्थे । सदरमुकाममा बाणिज्य बैक, कृषि विकास बैंक सरकारी बैंकहरु छन् भने अन्य नीजि क्षेत्रका गरिमा, कैलास, एभरेष्ट, एनडिइपि, ग्लोबल आइएमइ, विश्वविकास, गण्डकी, काष्ठमण्डप बैंक लगायतका एक दर्जन जति बैक तथा विकास बैंकहरु पनि संचालनमा छन् ।

विद्यालयलाई शिक्षकको तलब अनिवार्य नेपाल बैंकमा खाता खोल्न लगाएर जम्मा गरिदिनुपर्ने, अन्य कर्मचारीको पेन्सन, कर्मचारी तलब समेत वितरण गर्ने जिम्मा बैंकले पाएको छ । जिम्मेवारी धेरै भए पनि नेपाल बैंकले सेवा चुस्त बनाउन चासो नदिएको सर्वसाधारणको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजको मौसम: देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना दिपेन्द्र सिंह ऐरीले कार आफ्नो नाममा नामसारी गर्न १५ लाख ५० हजार कर तिर्नुपर्ने रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई अल्लु अर्जुनको घरमा आक्रमण गर्ने तेलंगानाका मुख्यमन्त्री रेड्डीको सहयोगी भएको दाबी माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा थाइल्याण्ड, म्यानमार, लाओस लगायत देशमा जाने नेपालीका लागि ३ बुँदे ट्राभल एडभाइजरी जारी टाउकोमा सिलौटाले हानेर २२ वर्षिया श्रीमतीको हत्या ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ