२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६३ जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा

२०७५, ११ माघ शुक्रबार ०६:३८

माघ ११, काठमाण्डौ | सरकारले शुरु गरेको अभियानअन्तर्गत हालसम्म ६३ जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । 

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको हो । 

कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर सोलुखुम्बु र दोलखालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ । 

विभागका सूचना अधिकारी रत्नप्रसाद लामिछाने तराईको तुलनामा पहाडी तथा हिमाली जिल्लालाई चाँडो खुला दिशामुक्त क्षेत्र घोषणा भएकोे बताउनुहुन्छ । “तराईका जिल्लामा बढी डुवान हुने, जग्गा कम हुने, गरीबी बढी भएकाले खुला दिशामुक्त घोषणा गर्न ढिलाई भएको हो,”–उहाँ भन्नुहुन्छ । 

अरु क्षेत्रको तुलनामा तराईका क्षेत्रमा खुला दिशामुक्त घोषणाको अभियान ढिला सञ्चालन भएको र काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर, सोलुखुम्बु र दोलखाका सबै क्षेत्रमा शौचालय निर्माण भए पनि घोषणा हुन बाँकी रहेको सूचना अधिकारी लामिछानको भनाइ छ । 

यस्तै बाँकी जिल्ला ८० प्रतिशत काम सम्पन्न भइसकेको विभागले जनाएको छ । पछिल्लो समय वातावरणीय सरसफाइ र शौचालय निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । सरकारले विसं २०६० को दशकदेखि शुरु गरेको उक्त कार्यक्रम अन्तर्गत विसं २०६८ मा चितवनलाई पहिलो खुला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह