२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा अत्यधिक रक्सी सेवनबाट एक जनाको मृत्यु

२०७२, १५ चैत्र सोमबार ०१:४२

चैत
१५, महोत्तरी /
 अत्यधिक रक्सी सेवनबाट महोत्तरीको जलेश्वर–५ मा एक जनाको ज्यान गएको
छ।

मृत्यु हुनेमा डाम्हीमडै गाविस–६ घर भई जलेश्वर नगरपालिका–५
मा डेरा गरी बस्दै आएका ३८ वर्षीय नरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सधैँ
अत्यधिक रक्सी खाने गरेका यादव गएराति जलेश्वर–५ स्थित जालिम साहको घरमा रहेको आफ्नो डेरामा पत्नीसँगै
सुतेकोमा आज बिहान उनी आफ्नै ओछ्यानमा मृत फेला परेको प्र्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए

यादवका पत्नी ३० वर्षीया रेणु देवीका अनुसार उनी राति अत्यधिक
रक्सी सेवन गरी आएर सुतेका थिए भने बिहान उनी अबेरसम्म नउठ्दा उनलाई उठाउन जाँदा उनी मृत भेटिएका हुन्

दुई पत्नी रहेका यादव गत वैशाख १२ को भूकम्पपछि जेठी पत्नी र
चार छोराछोरीलाई गाउँमा छाडेर कान्छी पत्नी रेणुसित जलेश्वरमा डेरा गरी बस्दै आएका थिए। उनको अत्यधिक
रक्सी सेवनकै कारण मृत्यु भएको हुनसक्ने प्रहरीको प्रराम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु