३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा पाँचजना गम्भीर घाईते

२५ चैत्र २०७२, बिहीबार ०७:२१

चैत २५, महोत्तरी । आज बिहान महोत्तरीको जलेश्वरमा एसएलसी परीक्षा दिलाउन
गइरहेको दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई विद्यार्थीसहित पाँचजना गम्भीर घाईते भएका छन्

जलेश्वर नगरपालिका–१ स्थित रा.वि.म. क्याम्पसअगाडि विद्यार्थी
बोकेको ज ७ प ५४५१ र बा ४८ प ३६३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुई विद्यार्थीसहित पाँचजना गंभिर
घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाइतेहरुमा ज ७ प ५४५१ नम्बरको मोटरसाइकलमा चढी थरुवाही माविबाट परीक्षा दिन महेन्द्र आदर्श
महिला मावि जलेश्वर आउँदै गरेको जिल्लाको नैन्ही–८ बस्ने १८ वर्षीय विकास कुमार मण्डल, उनकी बहिनी
विद्यार्थी १६ वर्षीया प्रियङ्का कुमारी र उनकी भाउजू २५ वर्षीया सरिता देवी कापर रहेका छन् ।

त्यस्तै, बा ४८ प ३६३५ नम्बरको मोटरसाइकलमा विद्यार्थी बोकी मावि बखरीभाठ
गइरहेको जलेश्वर–१ बस्ने २० वर्षीय कर्णकुमार राम र उनले हिडिरहेको बालिकालाई ठक्कर दिएको जलेश्वर–५
बस्ने बेचन साहकी छोरी १७ वर्षीया मधुकुमारी साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए

उक्त दुर्घटनामा परी कर्णकुमार राम, मधुकुमारी साह, सरितादेवी
कापर र विकासकुमार मण्डल गम्भीर घाइते भएका छन् । उनीहरुले कर्णकुमार रामलाई विशेष उपचारका लागि भारतको
सीतामढी लगिएको छ भने अरूको उपचार महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ ।

गम्भीर भएर पनि प्रियङ्का कुमारी प्राथमिक उपचारपछि परीक्षा दिन गएकी छन् ।
प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति