२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा मृत अवस्थामा चितुवा भेटियो

१९ माघ २०७५, शनिबार ०९:४०

माघ १९, डोटी । दिपायल सिलगढी नगरपालिका–८ लडागडाको टिमुरदह गाउँनजिकै ब्रमण्डी सामुदायिक वनमा मरेको अवस्थामा चितुवा फेला परेको छ । 

उक्त चितुवालाई मुचुल्का तयार गरी सिलगढी ल्याउनका लागि डिभिजन वन अधिकृत रामविचारी ठाकुर, रेञ्जर सुरेश रोकाया, सिलगढी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भोजराज शर्मा र लडागडा प्रहरी चौकीको टोली उक्त स्थान पुगेको छ । 

चितुवा अन्दाजी तीन वर्षको रहेको र शरीरमा घाउ देखिएकाले गोली लागेर मरेको हुनसक्ने वा बँदेलको आक्रमणबाट मरेको हुनसक्ने सो टोलीको प्रारम्भिक अनुमान छ । जिल्ला सदरमुकाम ल्याई परीक्षण गरेर मात्रै चितुवा मरेको कारण यकिन गर्न सकिने सिलगढी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शर्माले बताउनुभयो । ब्रमण्डी सामुदायिक वन क्षेत्रको खोल्सामा चितुवा मृत अवस्थामा भेटिएपछि सो सामुदायिक वनका अध्यक्ष झङ्कर साउदले डिभिजन वन कार्यालय र सिलगढी सव–डिभिजन वन कार्यालयलाई जानकारी गराउनुभएको थियो । उक्त चितुवाको परीक्षण पश्चात आवश्यक प्रक्रियाबाट डिभिजन वन कार्यालयको परिसरभित्रै नष्ट गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा