२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रधानमन्त्रीले नचाहादैमा काग्रेस अराष्ट्रिय हुदैन : पौडेल

२०७२, २३ मंसिर बुधबार ०५:४४

महेन्द्र केसी, मंसीर २३, पर्वत / नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहादैमा नेपाली काँग्रेस अराष्ट्रिय नहुने बताएका छन् । बुधबार पर्वतमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले प्रमले नचाहादैका काँग्रेस अराष्ट्रिय नहुने बताए । पछिल्लो समयमा काँग्रेसभित्र देखिएको राजनीतिक सकसका बारेमा बोल्दै नेतृत्वको कमजोरीका कारण समस्या देखिएको बताए ।

“कोहि बोल्न चान्दैन, कोहि अरुको पछि लाग्छन्” त्यसैले गर्दा पाटीभित्र पछिल्लो समयमा राजनीतिक समस्या पैदा भयो जसका कारण सरकारमा जान सकेनौ । उनले भने । पाटीभित्र एकता नभएका कारण पाटी प्रतिपक्षमा बस्नुपरेको बताउँदै पौडेलले अब देशमा भएको राजनीतिक समस्याको समधान गर्नको लागि नेपाली काँग्रेस प्रतिपक्षमा भएता पनि निर्णायक भुमिकामा रहेको दाबी गरे । “पछिल्लो समयको राजनीतिक गतिरोध अन्त्य गर्नको लागि आफ्नै पाटीले निर्णायक भूमिका रहेको छ” पौडेलले भने ।

पौडेलले तराईमा आन्दोलनरत मधेसी मोर्चाको समस्या समाधानको महत्वपुर्ण माध्यम वार्ता र छलफल भएको जिकिर गरेका छन् । आन्दोलनरत दललाई समस्याको समधानको लागि बार्तामा आउन र दशगजा छाड्नको लागि आग्रह गरेको बताए ।े “ दशगजा छोड्नुस, आन्दोलन जारी राख्नुस केहि फरक पदैन तर बार्तामा आएर समस्याको समधान खोज्नुस” भनेका छौ । पौडेलले भने । उपसभापती पौडेलले आगामी महाधिवेशनमा आफू पार्टीको सभापतिको लागि उम्मेदवारी दिने बताए ।

“कसैले चाहादैमा र कसैले नचाहादैमा हुने हैन म सभापतिको लागि उम्मेदवारी दिन्छु” पौडेलले भने । यसैविच पर्वतमा पनि नेपाली काँग्रेसले नयाँ संबिधानको बिशेषताको बारेमा सन्देश प्रवाह गराउन ‘जनताको आगँनमा काँग्रेस अभियान’ सुरु गरेको छ । नयाँ संबिधानले गरेका व्यवस्था, संघिय संरचना, शासकीय स्वरुप लगायतका विषयमा गाउँ तहका कार्यकर्ता र सर्वसाधारणलाई जानकारी गराउदै कार्यान्वयन गर्ने वातावरण सृजना गर्ने उद्देश्यले अभियान सुरु गरेको हो । ‘कस्तो बन्यो संबिधान ? एकताको अभियान’ भन्ने नारासहित उक्त अभियान शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा