२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपाली काँग्रेस डोल्पाले पनि गर्यो सरकारबिरुद्ध विरोध प्रदर्शन

२०७५, २२ माघ मंगलवार ०७:००

टेकबहादुर शाही । माघ २१, डोल्पा । नेपाली काँग्रेस डोल्पाले पहिलो पटक जिल्लामा सरकारबिरुद्ध बिरोध कार्यक्रम गरेको छ । दुईतिहाइको सरकार गठन भएको एक बर्षपछि पहिलो पटक सरकारबिरुद्ध नेपाली काँग्रेस डोल्पाले बिरोध र्याली गरेको हो । 


नेपाली काँग्रेस केन्द्रीय कार्यालयको निर्देशन अनुसार ७७ वटै जिल्लामा सरकारबिरुद्ध बिरोध गर्ने कार्यक्रम अनुसार डोल्पामा सोमबार ३ बजेपछि बिरोध र्याली निकालीएको थियो । 

दुईतिहाइको सरकारले जनतालाइ झुक्याएर भ्रष्टाचार गरि रहेको, मन परि निर्णय गरि रहेको, निर्मला पन्तलाइ न्याय नदिएको, बलात्कारका घटना दैनिक बढाइ रहेको जस्ता थुप्रै नारासहित डोल्पा सदरमुकाम दुनैमा काँग्रेसले बिरोध गरेको छ । 

लोकतन्त्रको बिरोधी गतिबिधिमा सरकार लागेको र जनताले सुरक्षाको अनुभुति नगरेकोले अहिलेको सरकार भ्रष्ट र  निकम्म रहेको नेपाली काँग्रेस जिल्ला समिति डोल्पाका सचिव जयनन्द उपाध्यायले आरोप लगाए । 


पेलेर चिकित्सा बिधेयक सँसदबाट पारि गरिनु, डक्टर केसिको अनसन बिना निष्कर्ष बनाइनु, आफुलाइ आवास्यक पर्ने कुनैपनि निकायका काम मनपरि गर्नु, दुईतिहाइ सरकारको दम्ब रहेको पूर्व सभापति दुधकुमारी हमालले बताइ । 

सुखी नेपाली सम्बृद्ध नेपाल नारामा मात्रै रहेको जनताले त्यसको महसुससम्म गर्न नसकेकोले अहिलेको सरकार गफको भरमा चलि रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्णबहादुर न्यौपानेले ठोकुवा गरे । 


जिल्लाका गाँउगाँउबाट सदरमुकाम दुनैमा पुगेको काँग्रेसका कार्यकर्ताहरुले पहिलो पटक डोल्पामा सरकार बिरुद्ध चर्का नारा लगाएका थिए । सँख्यात्मक रुपमा थोरै भएपनि जनताका लागि निकै ठुलो सँख्यामा रहेको र सहि कामका लागि नेपाली काँग्रेस उर्लिएको कार्याकर्ताहरु बताउछन । 

पहिलो पटक दुईतिहाइको सरकार बिरुद्ध बिरोधमा उत्रिएका काँग्रेसका कार्यकर्ताहरु निकै आक्रोसित रहेका थिए । जनतलाइ गफ मात्रै दिएर सेवामा धोका दिने यो सरकारले सँघियताको कुनै औचित्य नराखेको आरोप नेपाली काँग्रेस डोल्पाको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने