२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ग्याँसका लिनका लागि उपभोक्ता कार्ड बनाउन सुरु

४ पुष २०७२, शनिबार १३:०८

पुस ४, पर्वत । पर्वत जिल्लामा खाना पकाउने ग्यास लिनका लागि उपभोक्ता कार्ड बनाउन शुरु गरिएको छ । विगतमा विना कार्ड लाइनमा राखेर ग्यास वितरण गर्दा निकै समस्या भएपछि उपभोक्ता कार्ड बनाएर चिठ्ठा सिस्टममा ग्यास वितरण गर्ने तयारी गरिएको हो । जिल्ला प्रशासन कार्यलय पर्वत र उद्योग वाणिज्य संघ पर्वतको पहलमा उपभोक्ता कार्ड वितरण गर्न शुरु गरिएको छ ।

उपभोक्ता कार्ड वितरणको पहिलो दिन शनिवार झण्डै १५ सय जनाले कार्ड पाउने भएका छन । उपभोक्ता कार्डका ३५ सय २५ जनाले आवेदन दिएको उद्योग बाणीज्य संघ पर्वतका महासचिव ठाकुर बि. पौडेलर्ले बताए । उपभोत्ता कार्ड लिन शनिवार बिहानै देखि सयौंको संङख्यामा उपभात्ताहरु लाईन बसेका छन् ।

उपभोत्ताहरुको भिडको कारण सुरक्षाकर्मीहरुको समेत बाक्ला उपस्थिती छ । नाकाबन्दीको कारण उपभोत्ताहरुलाई ग्यास लिनको लागि निकै तछाडमछाड गर्न बाध्य भएका छन् ।

यस्तो समस्याका बावजुत पनि पर्वतमा ४ सय सिलिण्डर ग्यास बितरण गर्न लागिएको छ र त्यस मध्ये कुश्मामा भने ३५० बितरण गरिने र ५० सिलिण्डर वारीबेनी पठाईने बताइएको छ । कार्ड बनाउने आवेदन दिन छुटेकोलाई अर्को लटमा उपभोत्ता कार्ड बनाउन आवेदन माग्ने उवासंघले जनाएको छ ।

भारतले नेपालमा नाकाबन्दी लगाएको महिनौं बितीसक्दा पनि सरकारले जनतालाई सहजरुपमा इन्धन लगायत ग्यास उपलब्ध गराउन सकिरहेको छैन् । सरकारले छिटोभन्दा छिटो नाकाबन्दी खुलाउने प्रयास नगरे झनै ठुलो संकट हुने खतरा पनि त्यत्ती कै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ