४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ग्याँसका लिनका लागि उपभोक्ता कार्ड बनाउन सुरु

४ पुष २०७२, शनिबार १३:०८

पुस ४, पर्वत । पर्वत जिल्लामा खाना पकाउने ग्यास लिनका लागि उपभोक्ता कार्ड बनाउन शुरु गरिएको छ । विगतमा विना कार्ड लाइनमा राखेर ग्यास वितरण गर्दा निकै समस्या भएपछि उपभोक्ता कार्ड बनाएर चिठ्ठा सिस्टममा ग्यास वितरण गर्ने तयारी गरिएको हो । जिल्ला प्रशासन कार्यलय पर्वत र उद्योग वाणिज्य संघ पर्वतको पहलमा उपभोक्ता कार्ड वितरण गर्न शुरु गरिएको छ ।

उपभोक्ता कार्ड वितरणको पहिलो दिन शनिवार झण्डै १५ सय जनाले कार्ड पाउने भएका छन । उपभोक्ता कार्डका ३५ सय २५ जनाले आवेदन दिएको उद्योग बाणीज्य संघ पर्वतका महासचिव ठाकुर बि. पौडेलर्ले बताए । उपभोत्ता कार्ड लिन शनिवार बिहानै देखि सयौंको संङख्यामा उपभात्ताहरु लाईन बसेका छन् ।

उपभोत्ताहरुको भिडको कारण सुरक्षाकर्मीहरुको समेत बाक्ला उपस्थिती छ । नाकाबन्दीको कारण उपभोत्ताहरुलाई ग्यास लिनको लागि निकै तछाडमछाड गर्न बाध्य भएका छन् ।

यस्तो समस्याका बावजुत पनि पर्वतमा ४ सय सिलिण्डर ग्यास बितरण गर्न लागिएको छ र त्यस मध्ये कुश्मामा भने ३५० बितरण गरिने र ५० सिलिण्डर वारीबेनी पठाईने बताइएको छ । कार्ड बनाउने आवेदन दिन छुटेकोलाई अर्को लटमा उपभोत्ता कार्ड बनाउन आवेदन माग्ने उवासंघले जनाएको छ ।

भारतले नेपालमा नाकाबन्दी लगाएको महिनौं बितीसक्दा पनि सरकारले जनतालाई सहजरुपमा इन्धन लगायत ग्यास उपलब्ध गराउन सकिरहेको छैन् । सरकारले छिटोभन्दा छिटो नाकाबन्दी खुलाउने प्रयास नगरे झनै ठुलो संकट हुने खतरा पनि त्यत्ती कै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ