२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जनता सुदर्शन उमावि ठुलीपोखरीमा स्वर्ण महोत्सव हुने

२०७२, ८ पुष बुधबार १०:५०

पुस ८, पर्वत । पर्वत जिल्लाको ठुलीपोखरी गाविसमा रहेको श्री जनता सुदर्शन उच्च माध्यमिक विद्यालयमा स्वर्ण महोत्सव २०७२ संचालन हुने भएको छ । जिल्लाको पुरानो मध्येको एक तथा ऐतिहासीक पृष्ठभुमि बोकेको यस विद्यालयको ५० औं वर्ष पुरा भएको अवसरमा स्वर्ण महोत्सवको आयोजना गरिएको सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

विदयालयको स्वर्ण महोत्सव मुल आयोजक समितिका तर्फबाट विद्यालयका अध्यक्ष र प्रअले स्वर्ण महोत्सवको बारेमा जानकारी गराएका हुन् । उक्त महोत्सव पुस २३ गते देखी २७ गते सम्म भब्य रुपमा संचालन गरीने बताइएको छ । उक्त अवसरमा ५ दिन सम्म विभिन्न कार्यक्रम हुने छन् । पहिलो दिन स्थानीय संस्कृति झल्किने झाँकी सहित उद्घाटन, दोस्रो र तेस्रो दिन खेलकुद, चौथो दिन भुपु विद्यार्थी समाजको संयोजनमा विविध सांस्कृतिक कार्यक्रम र पाचौ दिन समापन समारोह हुने छ ।

महोत्सवका अवसरमा जिल्ला स्तरीय भलिबल प्रतियोगीता एवं राष्ट्रिय तथा स्थानीय कलाकारबाट गित नृत्य प्रस्तुत हुने जनाइएको छ । २०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा आयोजीत स्वर्ण महोत्सवबाट अनुमानित १ करोड ५० लाख रुपैंया आम्दानी गर्ने लक्ष्य रहेको विद्यालयका अध्यक्ष हेमराज सापकोटाले बताए । जस मध्ये अनुमानित १० लाख रुपैंया खर्च हुने र कार्यक्रमबाट बचत भएको रकमले विद्यालयको भौतिक पुर्वाधार निर्माण एवं उच्च माविमा विज्ञान कक्षा संचालन गर्ने उदेश्य रहेको प्रअ वालकृष्ण सुवेदीले जानकारी दिए ।

पत्रकार सम्मेलनको संचालन उक्त स्वर्ण महोत्सवका प्रचार संयोजक गणेश पौडेलले गरेका थिए । स्वर्ण महोत्सवमा आर्थिक संकलनका लागि १ हजार १ सदस्य बनाएर प्रत्येकबाट २५ सयका दरले रकम उठाउने योजना रहेको आयोजक समितिले जनाएको छ । विद्यालयका अभिभावक तथा भुपु विद्यार्थीहरु नेपाल सरकारका उच्च कर्मचारी तहमा पुगेका, प्रसिद्ध विशेषज्ञहरु समेत भएका र विदेशमा रहेका शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा गरिएको जनाइएको छ । जिल्ला स्थीत सरोकारवाला निकाय, जिविस, जिशिका लगायतका अन्य विभिन्न संघसंस्थाबाट समेत आर्थिक सहयोग हुने स्वर्ण महोत्सव मुल आयोजक समितिले अपेक्षा गरेकोे छ ।

-मुरारी संगमबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम