२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वन उपभोक्ता समूहको २२ औं साधारणसभा सम्पन्न

२०७२, २२ पुष बुधबार ०८:५५

पुस, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा नगरपालिकास्थित एक वन उपभोक्ता समूहको २२ औ साधारणसभा शनिवार सम्पन्न भएको छ । वडागाउँचौर सामुदायिक वन उपभोक्ता समूहको साधारणसभा वडागाउचौरमा गरिएको थियो । साधारणसभामा कुनपा १० का सर्वसाधारण सहभागी थिए ।

कुनपा १० मा सवैभन्दा बढी जनघनत्व रहेको छ । भेलामा सामुदायिक वनको संरक्षण र संवद्र्धन साथै वनलाई जिविकोपार्जनमा कसरी जोड्ने बारेमा सहभागी उपभोक्ता विच छलफल गरिएको थियो । सभाको प्रमुख अतिथि रहेका जिल्ला वन कार्यालयका प्रतिनिधि रेञ्जर ईश्वर पुरीले वनको संरक्षण, कटानी र महत्वबारे सहभागीलाई जानकारी गराएका थिए ।

उनले दाउरा चाहियो भन्दैमा जथाभावी वन फडानी नगर्न उपभोक्तालाई सुझाए । त्यसैगरी विशिष्ट अतिथि रहेका उपभोक्ता समितिका पुर्व सल्लाहकार तथा पत्रकार प्रनिश गिरीले उपभोक्ताको जनघनत्व अनुसार सामुदायिक वनको क्षेत्र थोरै हुँदा वनजन्य पदार्थको उत्पादन कमि भएको चर्चा गर्दै सामुदायिक वनलाई डम्पिङसाइट बनाउन नहुने बताए । नगरपालिकामा व्यवस्थित डम्पिङसाइट नहुँदा विगत ५ वर्ष देखि सामुदायिक वनको भिरबाट फोहोर अव्यवस्थित रुपमा मिल्काउदै आएको अवस्था छ ।

फोहोर सल्केर आगो लाग्दा वन समेत मासिएको थियो । वन समूहका अध्यक्ष ईन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामुदायिक सेवा समाज कुश्माकी अध्यक्ष तथा समाजसेवी मानकुमारी गिरी, लेखक संघ केन्द्रिय सदस्य तथा साहित्यकार सरस्वती शर्मा जिज्ञासु लगायतले मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य बुद्धिकुमारी श्रेष्ठले राखेकी थिईन् ।

कार्यक्रमको संचालन कोषाध्यक्ष ज्ञानबहादुर भण्डारीले राखेका थिए । सोही कार्यक्रममा समूहका अध्यक्ष ईन्द्रप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भण्डारीले पेश गरेको आयव्यय विवरणमा समूहको वार्षिक आय ४ लाख ३ हजार ९ सय ५ रुपैया र खर्च ३५ हजार ९ सय ३५ रुपैया रहेको थियो । उपभोक्ता समूहमा करीव १५० जना सदस्य रहेका छन् । सो कार्यक्रममा फेकोफन प्रतिनिधि सामाजिक परिचालक विमला शर्मा र नेकपा एमाले कुश्मा नगरकमिटी अध्यक्ष रुद्र गिरीको समेत सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?