२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१४ करोड ४३ लाख को बजेट सार्वजानिक (पूर्ण पाठ सहित)

२९ पुष २०७२, बुधबार ०९:३७

महेन्द्र केसी, पुस २९, पर्वत / कुश्मा नगरपालिकाले आ.व २०७३/७४ को लागि १४ करोड भन्दा बढीको बजेट सार्वजानिक गरेको छ । कुश्मा नगरपालिको तेस्रो नगर परिषदले आ.व ७३/७४ को लागि १४ करोड ४३ लाख ९६ हजार ८ सय १५ रुपैयाँको बजेट सार्वजानिक गरेको हो ।

bajet

चालुतर्फ केन्द्रीय चाल् अनुदान ४६ लाख, स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम तर्फ ७५ लाख, आन्तरिक चालु बजेटमा ५६ लदाख ६२ हजार २ सय ५ रुपैयाँ तथा सामाजिक सुरक्षातर्फ २ करोड ८० लाख गरी ४ करोड ५७ लाख ६२ हजार २ सय पाँच रुपैयाँको बजेट सार्वजानिक गरेको छ भने पूजीगत तर्फ पूार्जीगत केन्द्रिय अनुदान १ करोड ७८ लाख ४८ हजार, स्थानिय विकास शुल्क कोषतर्फ २ करोड, आन्तरिक पूर्जीगत तर्फ १ करोड ६९ लाख ८६ हजार ६ सय १० रुपैयाँ, सडक बोर्ड नेपाल तर्फ १३ लाख, लागत सहभागितामार्फतको आयोजनामा १ करोड, जगेडाकोष भौतिक निर्माणतर्फ ३ करोड, जिल्ला विकास अनुदान २५ लाख गरी पूर्जीगत बजेट ९ करोड ८६ लाख ३४ हजार ६ सय १० रुपैयाँ गरी कुल १४ लाख भन्दा बढीको बजेट कुनपाका कार्यकारी प्रमुख चण्डीका पौडेलले सार्वजानिक गरेका हुन ।

बजेटको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस

कुलबजेटबाट नगर परिषदले जगेडाकोष म्याचिङको लागि २० लाख, विभिन्न कोष तथा विशेष कोषतर्फ ९ लाख, लक्षित बर्गातर्फ ५२ लाख ३१ हजार ८ सय, आर्थिक सामाजिक, भौतिक पूर्वधारको विकासतर्फ १ करोड ३१ लाख ३२ हजार ८ सय विनियोजन गरेको छ । जगेडाकोषतर्फ नगरपालिका भवन निर्माणको लागि १ करोड, बान्द्रीबेणी बसपार्क निर्माणको लागि १ करोड, र ल्याण्डफिल साइटको लागि १ करोड बजेट प्रस्ताव गरेको छ ।

सैगरी स्थानीय विकास शुल्क कोष तर्फ सडक, कालेपत्रे, ग्राभिलिङ, नाली निर्माण, खानेपानी योजनाको लागि १ करोड ६० लाख, संस्थागत विकास तर्फ ४० लाख गरी जम्मा २ करोड बजेट परिषदले प्रस्ताब गरेको छ । आन्तरिक श्रोततर्फ २ करोड २६लाख ४८ हजार ८ सय १५ मध्ये चालुतर्फ ५६ लाख ६२ हजार २ सय ५,पूर्जीगत तर्फ १ करोड ६९ लाख ८६ हजार ६ सय १० रुपैयाँ प्रस्तावना गरिएको छ । परिषदले आर्थिक सामाजिक, भौतिक पूर्वधार, र प्रवद्र्धनात्मक कार्यक्रममा सडक सिचाई खानेपानी, खेलकुद मैदान सुधार, विद्यालय भवन मर्मत तथा धार्मिक एवं पर्यटकीय क्षेत्रको संरक्षण र सम्र्बद्धनमा जोड दिएको छ ।

नगरपरिषदले आगामी आर्थिक बर्षमा नगरको विकासका लागि विभिन्न नीति समेत तर्जुमा गरेको छ । जसका लागि शहरी विकास तथा भौतिक पूर्वधार नीतिअन्तरगत सडक, खानेपानी, सिचाई, तटबन्धन, भवन लगाएतका भौतिक पूर्वधारका योजनाहरु अगाडी सारेको छ जसमा नगरयातायात गुरुयोजना, शहरी गरिबी न्यूनिकरण योजना, व्यवस्थीत बस्ती विकास योजना, भूउपयोग योजना अगाडी सारेको छ ।

कृषि तथा सहकारी नितीलाई पनि नगरपरिषदले आत्मासाथ गरेको छ जसका लागि परिषदले नगरका वडाहरुमा व्यवसायीक पशुपालन, बाख्रापालन, गाइपालन नमूनारुपमा विस्तार गर्ने,र उत्कृष्ठलाई सम्मान समेत गर्ने योजना बनाएको छ । शिक्षा, पर्यटन, युवा तथा खेलकुद र संस्कृती सम्बन्धी नीतिमा ¥याप्टीङ, होमस्टे, बन्जिजम्पिङ, प्याराग्लाइडिङलाई विशेष प्रथामिकताका साथ अगाडी सारेको छ भने नगरपालिका भित्रका विद्यालयबाट एसएलसीमा उत्कृष्ठ हुने छात्रछात्रा सम्मान गर्ने र नगरलाई अनिवार्य शिक्षाको सुनिश्चिता भएको क्षेत्र घोषणा गर्नमा जोड दिने बताएको छ ।

आर्थिक प्रशासन तथा राज्यश्व नीति अन्तरगत लेखा प्रणालीलाई विद्य्तीय प्रणाली मार्फत व्यवस्थीत गर्ने सामाजिक विकास सम्बन्धी नीति, संचार क्षेत्र एवं पत्रकारिता विकास नीति, सार्वजानिक निजी साझेदारी नीित, शुसासन प्रर्वद्धन तथा संगठन विकास, सामाजिक परिचालन तथा टोल विकास नीति, बन उद्योग र बाताबरण नीति, स्वास्थ्य तथा सरसफाई नीतिका सार्थ अन्य नीतिहरुलाई आत्मासाथ गर्दै नगरको विकासको लागि जोड दिने बताइएको छ ।

कार्यालय प्रमुखले आ.व ७१/७२ मा विभिन्न शीर्षकमा गरी पूर्जीगत तर्फ ४ करोड ३६ लाख ५४ हजार १ सय ७० रुपैयाँ खर्च भएको र १६ लाख ४२ हजार ५० रुपैयाँ चालु आ.वको लागि मौजात बाँकी रहेको पोडेलले सार्वजानिक गरेको नीति, योजना तथा बजेट बक्तव्यमा उल्लेख छ ।

नगरपालिकाले ५३ वटा सडक योजना सम्पन्न गरेको जसमध्ये ६ किमी नयाँ ट्रयाक खोलेको १० किमी ग्राभेल सडक निर्माण ३ सय ५० पक्की नाली निर्माण, ४.५ किमी कच्ची नाली निर्माण ७८ मिटर ढलान सडक, १९ वटा खानेपानी योजना, २१ वटा सिचाई योजना र १७ विद्यालयको भवन तथा खेलमैदान सुधार र प्रर्वद्धनात्मक तर्फ २४ वटा योजना सम्पन्न गरेको उक्त वब्तव्यमा उल्लेख छ । ७१/७२ मा कुनपाका ६,७,१५, र १६ वडालाई पूर्ण खोप सुनिश्चितता युक्त वडा घोषणा गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य