२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१४ करोड ४३ लाख को बजेट सार्वजानिक (पूर्ण पाठ सहित)

२०७२, २९ पुष बुधबार ०९:३७

महेन्द्र केसी, पुस २९, पर्वत / कुश्मा नगरपालिकाले आ.व २०७३/७४ को लागि १४ करोड भन्दा बढीको बजेट सार्वजानिक गरेको छ । कुश्मा नगरपालिको तेस्रो नगर परिषदले आ.व ७३/७४ को लागि १४ करोड ४३ लाख ९६ हजार ८ सय १५ रुपैयाँको बजेट सार्वजानिक गरेको हो ।

bajet

चालुतर्फ केन्द्रीय चाल् अनुदान ४६ लाख, स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम तर्फ ७५ लाख, आन्तरिक चालु बजेटमा ५६ लदाख ६२ हजार २ सय ५ रुपैयाँ तथा सामाजिक सुरक्षातर्फ २ करोड ८० लाख गरी ४ करोड ५७ लाख ६२ हजार २ सय पाँच रुपैयाँको बजेट सार्वजानिक गरेको छ भने पूजीगत तर्फ पूार्जीगत केन्द्रिय अनुदान १ करोड ७८ लाख ४८ हजार, स्थानिय विकास शुल्क कोषतर्फ २ करोड, आन्तरिक पूर्जीगत तर्फ १ करोड ६९ लाख ८६ हजार ६ सय १० रुपैयाँ, सडक बोर्ड नेपाल तर्फ १३ लाख, लागत सहभागितामार्फतको आयोजनामा १ करोड, जगेडाकोष भौतिक निर्माणतर्फ ३ करोड, जिल्ला विकास अनुदान २५ लाख गरी पूर्जीगत बजेट ९ करोड ८६ लाख ३४ हजार ६ सय १० रुपैयाँ गरी कुल १४ लाख भन्दा बढीको बजेट कुनपाका कार्यकारी प्रमुख चण्डीका पौडेलले सार्वजानिक गरेका हुन ।

बजेटको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस

कुलबजेटबाट नगर परिषदले जगेडाकोष म्याचिङको लागि २० लाख, विभिन्न कोष तथा विशेष कोषतर्फ ९ लाख, लक्षित बर्गातर्फ ५२ लाख ३१ हजार ८ सय, आर्थिक सामाजिक, भौतिक पूर्वधारको विकासतर्फ १ करोड ३१ लाख ३२ हजार ८ सय विनियोजन गरेको छ । जगेडाकोषतर्फ नगरपालिका भवन निर्माणको लागि १ करोड, बान्द्रीबेणी बसपार्क निर्माणको लागि १ करोड, र ल्याण्डफिल साइटको लागि १ करोड बजेट प्रस्ताव गरेको छ ।

सैगरी स्थानीय विकास शुल्क कोष तर्फ सडक, कालेपत्रे, ग्राभिलिङ, नाली निर्माण, खानेपानी योजनाको लागि १ करोड ६० लाख, संस्थागत विकास तर्फ ४० लाख गरी जम्मा २ करोड बजेट परिषदले प्रस्ताब गरेको छ । आन्तरिक श्रोततर्फ २ करोड २६लाख ४८ हजार ८ सय १५ मध्ये चालुतर्फ ५६ लाख ६२ हजार २ सय ५,पूर्जीगत तर्फ १ करोड ६९ लाख ८६ हजार ६ सय १० रुपैयाँ प्रस्तावना गरिएको छ । परिषदले आर्थिक सामाजिक, भौतिक पूर्वधार, र प्रवद्र्धनात्मक कार्यक्रममा सडक सिचाई खानेपानी, खेलकुद मैदान सुधार, विद्यालय भवन मर्मत तथा धार्मिक एवं पर्यटकीय क्षेत्रको संरक्षण र सम्र्बद्धनमा जोड दिएको छ ।

नगरपरिषदले आगामी आर्थिक बर्षमा नगरको विकासका लागि विभिन्न नीति समेत तर्जुमा गरेको छ । जसका लागि शहरी विकास तथा भौतिक पूर्वधार नीतिअन्तरगत सडक, खानेपानी, सिचाई, तटबन्धन, भवन लगाएतका भौतिक पूर्वधारका योजनाहरु अगाडी सारेको छ जसमा नगरयातायात गुरुयोजना, शहरी गरिबी न्यूनिकरण योजना, व्यवस्थीत बस्ती विकास योजना, भूउपयोग योजना अगाडी सारेको छ ।

कृषि तथा सहकारी नितीलाई पनि नगरपरिषदले आत्मासाथ गरेको छ जसका लागि परिषदले नगरका वडाहरुमा व्यवसायीक पशुपालन, बाख्रापालन, गाइपालन नमूनारुपमा विस्तार गर्ने,र उत्कृष्ठलाई सम्मान समेत गर्ने योजना बनाएको छ । शिक्षा, पर्यटन, युवा तथा खेलकुद र संस्कृती सम्बन्धी नीतिमा ¥याप्टीङ, होमस्टे, बन्जिजम्पिङ, प्याराग्लाइडिङलाई विशेष प्रथामिकताका साथ अगाडी सारेको छ भने नगरपालिका भित्रका विद्यालयबाट एसएलसीमा उत्कृष्ठ हुने छात्रछात्रा सम्मान गर्ने र नगरलाई अनिवार्य शिक्षाको सुनिश्चिता भएको क्षेत्र घोषणा गर्नमा जोड दिने बताएको छ ।

आर्थिक प्रशासन तथा राज्यश्व नीति अन्तरगत लेखा प्रणालीलाई विद्य्तीय प्रणाली मार्फत व्यवस्थीत गर्ने सामाजिक विकास सम्बन्धी नीति, संचार क्षेत्र एवं पत्रकारिता विकास नीति, सार्वजानिक निजी साझेदारी नीित, शुसासन प्रर्वद्धन तथा संगठन विकास, सामाजिक परिचालन तथा टोल विकास नीति, बन उद्योग र बाताबरण नीति, स्वास्थ्य तथा सरसफाई नीतिका सार्थ अन्य नीतिहरुलाई आत्मासाथ गर्दै नगरको विकासको लागि जोड दिने बताइएको छ ।

कार्यालय प्रमुखले आ.व ७१/७२ मा विभिन्न शीर्षकमा गरी पूर्जीगत तर्फ ४ करोड ३६ लाख ५४ हजार १ सय ७० रुपैयाँ खर्च भएको र १६ लाख ४२ हजार ५० रुपैयाँ चालु आ.वको लागि मौजात बाँकी रहेको पोडेलले सार्वजानिक गरेको नीति, योजना तथा बजेट बक्तव्यमा उल्लेख छ ।

नगरपालिकाले ५३ वटा सडक योजना सम्पन्न गरेको जसमध्ये ६ किमी नयाँ ट्रयाक खोलेको १० किमी ग्राभेल सडक निर्माण ३ सय ५० पक्की नाली निर्माण, ४.५ किमी कच्ची नाली निर्माण ७८ मिटर ढलान सडक, १९ वटा खानेपानी योजना, २१ वटा सिचाई योजना र १७ विद्यालयको भवन तथा खेलमैदान सुधार र प्रर्वद्धनात्मक तर्फ २४ वटा योजना सम्पन्न गरेको उक्त वब्तव्यमा उल्लेख छ । ७१/७२ मा कुनपाका ६,७,१५, र १६ वडालाई पूर्ण खोप सुनिश्चितता युक्त वडा घोषणा गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह