२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्यालयमा गरे विद्याथीे तालाबन्दी, राजनीतिक हस्तक्षेपका कार–ण शिक्षक नियुक्ति हुन सकेन

२०७२, ४ माघ सोमबार ११:१३

माघ ४, पर्वत । विद्यालयमा शिक्षक नियुक्त नभएको र पढनपाठन ठप्प भएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । सार्वजानिक माध्यामिक विद्यालय कुनपा १८ कटुवाचौपारीका विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

विद्यालयमा शिक्षक नियुक्ति गर्ने विषयमा राजनीतिक खिचातानी भएका कारण शिक्षक नियुक्ति हुन नसकेपछि विद्यार्थीले ताला लगाएका हुन् । सोमबार विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका थिए ।

एनेकपा माओवादीले दिपक लामिछानेलाई र नेपाली काँग्रेसले इन्द्र अधिकारीलाई विद्यालयमा नियुक्ति गर्न दबाब दिएपछि विद्यालयमा पठनपाठन ठप्प भएको हो । विद्यालयमा निमावी तहको अंग्रेजी शिक्षक नियुक्ति गर्नको लागि जिल्ला शिक्षा कार्यालयले अनुमति दिएता पनि राजनीतिक अबरोधका कारण शिक्षक नियुक्ति हुन नसकेको हो ।

शिक्षक नियुक्ति हुन नसकेका कारण विद्यालयमा पठनपाठन ठप्प भएको भन्दै विद्यार्थीले ताला लगाएका हुन् । विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले विद्यालय व्यवस्थापन समितिका अध्यक्षले शिक्षक नियुक्तिमा ध्यान नदिएका कारण यस्तो समस्या पैदा भएको बताए ।

“पौष १६ गते बसेको बैठकले शिक्षक नियुक्ति गर्ने विषयमा निर्णय गरेको र त्यसलाई बैधानिकता दिनका लागि पुन बैठक बस्न भनिएता पनि विव्यसका अध्यक्ष हरिचन्द्र अधिकारीले शिक्षक नियुक्तिलाई गम्भीरताका साथ नलिएका कारण शिक्षक नियुक्ति हुन सकेन” उनले भने । विव्यसका अध्यक्षले शिक्षक नियुक्तिको विषयलाई गम्भीरताका साथ लिएन, बैठक बोलाउनका लागि पटक पटक खबर गर्दा पनि कहिले कुन काम त काहिले कुन काम भन्दै अध्यक्षले गैरजिम्मेवारी देखाएको आरोप लगाए ।

विव्यसका अध्यक्षको गैरजिम्मेवारीका कारण बैठक हुन नसकेको र शिक्षक नियुक्तिमा ढिलाई भएका कारण विद्यार्थीले तालाबन्दी गरेको उनले बताए । विव्यसका अध्यक्षलाई टेलिफोनबाट सम्पर्क गर्न खोज्दा उनको फोन अफ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म