२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्वर्ण महोत्सवको उद्घाटनमा राष्ट्रपति भण्डारी आउने

२०७२, १४ माघ बिहीबार १३:५८

महेन्द्र केसी । माघ १४, पर्वत । जिल्लाको तिलाहार गाविसका रहेको नव जागृत उच्च माध्यामिक विद्यालदयको स्वर्ण महोत्सवको उद्घाटन गर्नको लागि राष्ट्रपति विद्या देवी भण्डारी पर्वत आउने भएकी छिन् । ५० औ बर्षमा प्रवेश गरेको अबसरमा आयोजना गरीको स्वर्ण महोत्सवको फागुन १ गते हुने उद्घाटन समारोहमा भण्डारी आउने विद्यालयले विहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

पुष ११ गते प्रभातफेरी गरी कार्यक्रमको शुरुवात गरेको विद्यालयले स्वर्ण महोत्सवको विभिन्न कार्यक्रम गर्ने समेत जानकारी दिएको छ । पौष १५ गते देखि १८ गते सम्म जुद्धधन स्मृती क्रिकेट प्रतियोगिता आयोजना गरिएको, माघ ८ गते गाविसमा रहेका विद्यालय अन्तरगत प्रावि स्तरीय चित्रकला प्रतियोगिता, १० गते मावि र उमावि स्तरीय खुल्ला निबन्ध प्रतियोगिता, १५ गते गाविस स्तरीय अन्तर विद्यालय हस्तकला प्रतियोगिता, १६ गते साहित्यीक सम्मेलन तथा कविता प्रतियोगिता, स्रोतकेन्द्र तथा स्रोतकेन्द्र बाहिरका छिमेकी विद्यालय लाई समेती निमावि स्तरीय लोक नृत्य प्रतियोगिता, १७ गते स्रोतकेन्द्र स्तरीय मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता, २१ गते पश्चिमाञ्चल स्तरीय भलिवल प्रतियोगिताको आयोजना गरेको विद्यालयका प्रचार्य विष्णुप्रसाद सुवेदीले जानकारी दिएका छन् । त्यसैगरी हाफ म्यारोथुन प्रतियोगिता र रक्तदान कार्यक्रमको, रत्यौली प्रतियोगिता, माघ २८ मा शैक्षिक प्रदर्शनी, घैटो फुटाउने र म्यूजिकल चियर प्रतियोगिता हुने विद्यालयले जनाएको छ ।

१० लाख संकलन

विद्यालयले स्वर्ण महोत्सवको आयोजना गरेसँगसँगै आर्थिक संकलन कार्यलाई समेत तिब्रता दिएको छ । विद्यालयमा स्वर्ण महोत्सव पार्क, शालिक स्थापना लगाएतका अन्य कार्य गर्नको लागि आवश्यक पर्ने आर्थिक संकलनलाई पनि निरन्तरता दिएको छ । विद्यालयले हाल सम्म करिब १० लाख आर्थिक संकलन गरेको पत्रकार संम्मेलनमा जानकारी दिएको छ । विद्यालयका भूतपूर्व विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट समेत आर्थिक संकलन गर्ने कार्यलायलाई तिब्रता दिइएको र हाल सम्म १० लाख संकलन भएको विद्यालयका प्राचार्य सुवेदीले उक्त सम्मेलनमा जानकारी दिएका हुन । विद्यालयले स्वर्ण महोत्सवको अवधी भरीमा करिब २५ लाख संकलन गर्ने लक्ष्य राखेको समेत जनाएको छ ।

पश्चिमाञ्चलमै ठूलो धनराशिको भलिलबल प्रतियोगिता

पत्रकार सम्मेलनमा विद्यालयले पश्चिमाञ्चलनमा नै पहिलो पटक सवैभन्दा ठूलो धन राशिको भलिबल प्रतियोगिता हुने जनाएको छ । प्रतियोगिताको प्रथम पुरुस्कारको धनराशि १ लाख १० हजार रहेको छ भने द्धितिय १ लाख, तृतीय ५० हजार र सान्त्वना २५ हजारको धनराशिको पुरुस्कार रहेको बताइएको छ । खेल पश्चिमाञ्चलमा रहेका १६ जिल्लामा मात्रै हुनेछ भने उक्त खेलमा विभागीय टोली समावेश नहुने बताइएको छ । खेलमा राष्ट्रिय तथा क्षेत्रीय खेलाडी समावेश हुन सक्ने तर सम्बन्धीत जिल्लाको मात्र हुनुपर्ने स्वर्ण महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

साँस्कृतिक कार्यक्रम हुने

महोत्सवको अबसरमा विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने मूल आयोजक समितिले जनाएको छ । जिल्लामा रहेका महिला तथा आमा समुह विच रत्यौलि प्रतियोगिता गराइने आयोजकको तर्फबाट प्रचार्य सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको समेत प्रस्तुती गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से