२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

नेपाल साँस्कृतिक कलाकर्मी संघ डोटीको अध्यक्षमा: बम

२०७५, २९ माघ मंगलवार १३:२६

माघ २९, डोटी | नेपाल साँस्कृतिक कलाकर्मी संघ जिल्ला शाखा डोटीको प्रहिलो भेलाले  अध्यक्ष  पदमा संगीता बमलाई  निर्बिरोध चयन गरेको छ।  नेपाली काङ्ग्रेस पार्टी कार्यालय सिलगढी डोटीमा मङ्लबार  गरिएको पहिलो भेलाले उपाध्यक्षमा पदमा अमर बोगटी , महासचिवमा हरि कृष्ण ताम्राकार , उप-महासचीव पदमा मनोज बम ,कोषाध्यक्ष पदमा निर्मला बोहरा (ओलि) लगायत १५ सदस्य जिल्ला कार्य समिति गठन गरिएको छ ।

भेलाको उद्घाटन सत्रमा बोल्दै नेपाली काङ्ग्रेस डोटीका जिल्ला  सभापति प्रदीप देउवाले नेपाल साँस्कृतिक कलाकार कर्मी संघको आवश्यकता खड्कियका बेला जुझारु  नंया नेतृत्व आउनु खुसीको कुरा भएको बताए । संगठनलागि  कलाकारहरुको महत्वपूर्ण भुमिका रहने भन्दै नंया कार्यसमितिलाई पार्टीले जति बेला पनि सहयोग गर्ने बताए ।

त्यस्तै उद्घाटन सत्रमा बोल्दै नेपाल साँस्कृतिक कलाकर्मी संघका केन्द्रिय उपाध्यक्ष सुरत रावल डोटेली कान्छाले कलाकर्मी संघलाइ संरक्षण गर्नु अहिले आवश्यकता रहेकोे बताए । आफू उपाध्यक्ष भइ सके पछी  सुदुर पश्चिम प्रदेशको कंचनपुर जिल्ला बाहेक अन्य आठ वटा जिल्लामा जिल्ला भेला गरि नयाँ नेतृत्व चयन गरेको समेत उनले बताए ।


त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला सदस्य जित बहादुर खड्काले कलाकारिता माध्यमवाट धेरै परिवर्तन गर्न सकिने बताए ।

संगिता बमको सभापतित्वमा भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बम, नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश वम,प्रेस युनियन प्रदेश पार्सद मोहन शाही लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म