पर्वतमा झोलुङगे पुल बनाउने होडबाजी नै, अर्जेवा जोड्ने गरि पूल निर्माण हुने

Posted on: 01 Feb, 2016

माघ १८, पर्वत ।  झोलुङगे पुलको जिल्लावाट परिचित पर्वत जिल्लामा झोलुङ्गेपुल बनाउने होडवाजी नै चलिरहेको छ । मुडिकुवा गाविसको डिलवाट वडागाउँमा पूल बनाउने काम द्रुत गतिमा भैरहँदा फलेवासको ढिकबाट वागलुङको अर्जेवा जोड्ने गरि पूल निर्माण हुने भएको हो । नेपाली काँग्रेसका महासमिति सदस्य तथा बरिष्ठ समाजसेवी गंगाराज पौडेलको पहलमा पुलको निर्माण गरिन लागेको हो । पर्वतको फलेवास–३ देखी बाग्लुङको अर्जेवा–१ गुरुङ धारामा जोड्ने झोलुङगे पुलको लम्वाई ३ सय ४० मिटर लामो हुने छ । एभरेष्ट कन्सल्टेन्सी प्रा.ली वाट पुलको सर्वेक्षणमा खटिएका इन्जिनियर शिवप्रसाद भुषाल र इन्जिनियर विप्लव आचार्यले पुलको सर्वेक्षण गर्नुभएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा ५ करोड बरावरको लागतमा पुल निर्माण गरिने पुल निर्माण समितीका अध्यक्ष गंगाराज शर्माले बताउनुभयो । आगामी २०७२ साल चैतवाट पुल निर्माणको काम शुरु गरिने भएको हो । पुल निर्माण भएपछि बाग्लुङको अर्जेवा ,छिस्ती,विनामारे लगायत दुई दर्जन गाविस र पर्वतको फलेवास लगायतका क्षेत्रका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् । नेपाली काँग्रेसका महासमिति सदस्य तथा बरिष्ठ समाजसेवी गंगाराज पौडेलको पहलमा यस अघि पर्वतको देविस्थान देखी कुर्घा गाविस जोड्ने २ सय ४६ मिटर लामो पुलको निर्माण भैसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!