२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ: महायज्ञमा ९० लाख दान सङ्कलन

२०७५, १ फाल्गुन बुधबार ०८:३२

फागुन १, घोराही । घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा रु ९० लाख बढी दान सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिनसम्म रु ९० लाख दान सङ्कलन भएको आर्थिक समितिले जानकारी दिएको छ । 


महायज्ञमा हिजो मङ्गलबार एकै परिवारले रु २० लाखभन्दा बढी दान गरेका छन् । महायज्ञका निर्देशक रेखबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–६ कम्दा निवासी घनश्याम वलीका परिवारले रु २० लाख ११ हजार १११ दान गर्नुभएको हो । 

ठूलो रकम दान दिनेहरुमा घोराही उपमहानगरपालिका–६ बचा निवासी केशव महराले रु छ लाख ८० हजार, चोरगाउँ निवासी जगवीर चौधरीले रु पाँच लाख ६१ हजार, पन्नेपुर निवासी चुर्णबहादुर वलीले रु दुई लाख ७१ हजार पाँच, वडा नं ७ निवासी रेवतादेवी योगी र छोरा वलदेव योगीले रु तीन लाख एक हजार १०५ रहेको छ । वडा नं १६ सर्रा निवासी प्रवीण भण्डारी र आमा बोधादेवी भण्डारीले रु दुई लाख पाँच हजार ५५५ र बाँके जिल्ला कोहलपुर निवासी प्रमोद श्रेष्ठ र मीना श्रेष्ठले रु एक लाख १६ हजार १११ दान दिनुभएको समितिले जनाएको छ । महायज्ञमा मुख्यवाचक पण्डित अमृतशरण देवाचार्य हुनुहुन्छ । 

विद्यालयको उद्देश्य प्राप्तिका लागि महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक रेखबहादुर वलीले सबैमा अनुरोध गर्नुभएको छ । यही माघ २२ गतेदेखि शुरु भएको महायज्ञको आज समापन हँुदैछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो