२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाली काग्रेसको कुश्मा नगरपालिकाको सभापतिमा जोशी निर्वाचित

२१ माघ २०७२, बिहीबार १०:१७

माघ २१, पर्वत ।  नेपालि काग्रेसको कुश्मा नगरपालिकाको सभापतिमा युबा नेता रामचन्द्र जोशि निर्वाचित भएका छन् । उनलेले आफ्ना प्रतिद्धन्धी मोहन आचार्यलाई ७ सय ९८ मत अन्तरले पछी पार्देै निर्वाचनमा बिजयी भएका हुन् । सभापतिमा जोशिले १ हजार ४० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्धी आचार्यले २ सय ४२ मत मात्र प्राप्त गरेका छन् ।

नेपाली कांगे्रस नगरपालिकाको सचिब पदमा जोशिकै प्यानलका कमल प्रसाद पौडेल बिजयी भएका छन् । उनले ९ सय ७४ मत प्राप्त गर्न सफल भएका छन् भने प्रतिद्धन्धी दया सुबेदिले २ सय ५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी कोषाध्यक्षमा जोशिकै प्यानलका शिबराज शर्मा बिजयी भएका छन् । उनले ८ सय ५२ मत प्राप्त गर्न सफल भएका छन् ।

उनका प्रतिद्धन्धी प्रितमकुमार गुरुङले २सय ९४ मत प्राप्त गरेका थिए । त्यसैगरि जोशिको प्यानलमा सदस्यमा कालिका प्रसाद शर्मा ९ सय ७६, कुलप्रसाद पाध्या ९ सय ९९, कैशलचन्द्र रिमाल ९ सय १०, चित्र बहादुर क्षेत्रि ९ सय २०, झलक शर्मा पोखरेल ८ सय ७६, द्रपुति रिजाल ८ सय ५०,धनबहादुर भण्डारी ७ सय ८४,र सुरेन्द्र के सि ८ सय ७८ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्रिय प्रतिनिधी आदिबासी तर्फ प्रेम बहादुर गुरुङ १ हजार १०, सुन्दर प्रसाद जोशि ९ सय ७९ मत प्राप्त गरेका छन् । दलित तर्फ निर्मल बिश्वकर्मा १ हजार ७४, प्रेमबहादुर बिक ९ सय ४० र भागिरथी नेपाली ७ सय ८७ मत प्राप्त गरेका छन् ।

यता आर्चाय प्यानलको सदस्यमा कृष्णप्रसाद उपाध्याय ४ सय २८, डिल्लीराज सुबेदि २ सय ५, प्रताप लामिछाने १ सय २८, दिपकराज पौडेल २ सय ३८, फणिन्द्र शर्मा १ सय ९५,मिनाकुमारी शर्मा १ सय ७४ योगराज गिरी २ सय ४१, राम कुमार पौडेल १ सय ७२ मत प्राप्त गरेका छन् । आदिबासी तर्फ मना पुन ९ सय ४४ र युन बहादुर गुरुङ १ सय ९८ मत प्राप्त गर्नुभएको छ भने दलित तर्फ मिठाराम बिश्वकर्मा ३ सय ४५ र रामबहादुर बिक १ सय ७६ मत प्राप्त गरेका छन् । यसैगरि आदिबासी जनजाती तर्फ आचार्य प्यानलका मना पुन बाहेक सभापति, सचिब, कोषध्यक्ष लगायत ८ सदस्यमानै जोशिकै प्यानल बहुमतले बिजयी बनेका छन् । कुल १ हजार ३ सय ८० मत खसेकोमा ८ मत बदर भएको थियो । नेपालि काग्रेस कुश्मा नगरपालिका समितिमा युबाहरुकै वर्चश्व देखिएको छ ।

निर्वाचित भए संगै सभापति जोशिले कुश्मा नगर समितिलाई एकताबद्ध बनाएर लैजाने बताउँदै काग्रेसको क्रियाकलाप र गतिबिधिलाई तिब्रताका साथ अगाडि बढाउने बताउनुभयो । पर्बतमा गाउँ, नगर अधिबेशन सकिएसंगै अब क्षेत्र र जिल्ला अधिबेशनको तयारी रहेको छ । निर्वाचनमा धाँधली भएको र पुनः निर्वाचनको माग सहित मोहन आचार्य प्यानलले मतगणना वहिष्कार गरेतापनि बुधबार मतगणना सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य