२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस काउन्सिलमा आचारसंहिता उल्लङ्घनका ३९३ घटना

२०७५, ४ फाल्गुन शनिबार ०३:१४

फागुन ४, काठमाडौँ (रासस) | प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंहिता उल्लङ्घनका ३९३ घटना भएको जनाएको छ । 

गत २०७४ फागुनदेखि २०७५ माघसम्म १४९ उजुरी र काउन्सिलको स्वअनुगमनमा पत्रकार आचारसंहितासम्बन्धी २४४ घटना उल्लङ्घन गरिएको फेला पारेको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो । उल्लङ्घन गरिएकामध्ये उजुरीमा छापामाध्यम ६७ र विद्युतीय माध्यम ८२ तथा फेला पारेका घटनामध्ये १३ छापामाध्यम र २३१ विद्युतीयमाध्यम रहेका छन् । उल्लङ्घन गरिएका घटनामध्ये १९९ वटा फस्र्यौट गरिएको उहाँले बताउनुभयो । 

सूचना अधिकारी खनालका अनुसार काउन्सिलअन्तर्गतको छापामाध्यम र विद्युतीयमाध्यम आचारसंहिता अनुगमन उपसमितिको बैठकले काउन्सिलको पटक–पटकको मौखिक÷लिखित आग्रहलाई अटेरी गर्ने १६ भन्दा बढी आमसञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखेको छ । 

तीमध्ये अन्नपूर्ण पोष्ट दैनिक, काठमाडौँ टुडे अनलाइनसहित तीन वटाले आचारसंहिता पालनामा प्रतिबद्धता जनाउँदै अवज्ञाकारीको सूचीबाट हटाउन निवेदन दिएकाले उक्त सूचीबाट हटाइएको छ भने गोरखापत्र दैनिकले आचारसंहिता पालनामा प्रतिबद्धता जनाउँदै हालै पत्राचार गरेको छ । सूचना अधिकारी खनालले सम्बन्धित पक्षको खण्डन छाप्न निर्देशन दिने, क्षमायाचनासहित खण्डन प्रकाशन गर्न निर्देशन दिने, आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण नगर्न सचेत गराउँदै आचारसंहिता पालना गर्न निर्देशन दिने बताउनुभयो । 

काउन्सिलले त्यस्ता सञ्चारमाध्यमलाई वर्गीकरणका लागि प्राप्त हुने आचारसंहिताको अङ्क घटाउने, प्रेस पास निलम्वनका लागि सिफारिश गर्ने, लोक कल्याणकारी विज्ञापनवापतको रकम समय तोकी रोक्का राख्न सिफारिश गर्ने, दुवै पक्षलाई झिकाइ मेलमिलाप गराउने र काउन्सिलको आदेश नमान्नेलाई अवज्ञाकारीको सूचीमा राख्ने गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह