२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागढुङ्गाबाट लागुऔषधसहित तीन पक्राउ

२०७५, ४ फाल्गुन शनिबार १३:३५

फागुन ४, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । 

प्रभागको टोलीले नागढुङ्गामा आज गरेको छुट्टाछुट्टै चेकजाँचका क्रममा लागुऔषधसहित ललितपुरका १८ वर्षीय साजन थापा र विनोद खड्गी तथा काठमाडौँका ३३ वर्षीय सुन्दर खड्कालाई पक्राउ गरेको हो । 

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २९७ नंको यात्रुवाहक बसमा थापा र खड्गी तथा हेटौँडाबाट काठमाडौँ आउँदै गरेको ना४ख ७४३५ नंको बसबाट खड्कालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

प्रहरीले थापा र खड्गीसँग तीन ग्राम खैरो हिरोइन र ३७ ट्याब्लेट नाइट्राभेट तथा खड्कासँग १७ एम्पुल नुर्फिन, १७ एम्पुल फेनार्गन र १७ एम्पुल डाइजेल्याब बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह