२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पार्टी सभापतिको लागि म योग्य छु: सिके

२०७२, १ फाल्गुन शनिबार १०:३५

basantabahadurफागुन १, पर्बत । नेपाली काँग्रेस पर्वतको सभापतिमा उम्मेदवारी दिएका बसन्तबहादुर सिकेले आफु भावी सभापतिको लागि योग्य भएको दाबी गरेका छन् ।

क्रवार जिल्लामा पत्रकार सम्मेलन गरी आफू जिल्ला सभापतिको लागि योग्य भएको बताएका हुन् । “ पार्टीको लागि मैल ४० बर्ष भन्दा बढी योगदान दिएको छु, सभापतिको उम्मेदवारी दिएका मेरा प्रतिद्वन्द्वी भन्दा म बरिष्ठ छु, म पार्टीको भावी सभापतिको लागि योग्य छु” उनले भने ।

२०३१ सालदेखि आफु पार्टीमा निरन्तर सक्रिय रुपमा लागेको र धौलागिरी अञ्चल संवन्मय समितिमा समेत मनोनित भएको बताउँदै नेका पर्वतको भावी सभापतिको लागि आफ्ु बाहेक अरु योग्य नभएको दाबी गरेका हुन् । उनले निर्बतमान् र हालसम्म भएका जिल्ला सभापतिले लोकतान्त्रि र बैचारिक रुपमा सहमति बाताबरण कायम गर्न नसकेको र नियमित बैठक समेत संचालन गर्न नसकेको आरोप लगाएका छन् ।

“यदी म जिल्ला सभापति भए भने जिल्लामा गुटबन्दीको अन्त्य गरी कार्यकर्तालाई प्रशिक्षण गरी नियमित बैठक तथा विचार आदानप्रदान गर्ने र पार्टीको भवन निर्माणमा आफ्न लाग्ने” मा उनको जोड छ ।

सिकेले आफु चिट चारेर भावी सभापति नुहने र चिट चोर्ने प्रविधिको अन्त्य गर्नको लागि समेत आफू तल्लीन रहेने बताए । “ म चिट चोर्ने प्रविधीको विरोधी हुँ, म चिट चारेर भावी जिल्ला सभापति बन्दीन यदी चिट चोर्ने खेल खेलीयो भने आफुले सहन गरेर पनि बस्दीन” उनले भने ।

फागुन ३ मा निर्वाचन नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको निधनका कारण रोकिएको जिल्ला अधिवेशन भने फागुन ३ गते हुने भएको छ ।

पर्वत जिल्लाको सभापतिका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा खगेन्द्र तिवारी, खिमप्रसाद भुसाल र बसन्तबहादुर सिके सभापतिका दाबेदारका रुपमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म