२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

दुनै एक सातादेखि अन्धकारमा

२०७५, ११ फाल्गुन शनिबार ०७:२९

फागुन ११, डोल्पा | जिल्ला सदरमुकाम दुनै एक सातादेखि अन्धकार भएको छ । 

दुनैमा पर्ने जैरीगाड जलविद्युत् आयोजनाको नहरमा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको हो । विद्युत् उत्पादन केन्द्रको नहरमा ७० मिटर माथिबाट खसेको सुख्खा पहिरोका कारण ६० मिटर नहर भत्किएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

पहिरोले नहरमा गाडिएका फलामका पाइप भाँच्चिएका छन् । विद्युत् आपूर्ति बन्द भएपछि सदुरमुकाम दुनैसहित आसपासका एक हजार २०० घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन् । पहिरो पन्छाएर विद्युत् सेवा सूचारु गर्न करीब एक महीना लाग्ने स्थलगत अनुगमनमा पुगेका सरोकारवालाले बताएका छन् । 

उक्त जलविद्युत् आयोजना पटक–पटक अवरुद्ध हुँदै आएको छ । एक वर्षमा चार महीना मुस्किलले विद्युत् सेवा लिँदै आएका दुनैवासीले कैयौँ रात अन्धकारमै गुजार्नुपर्ने बाध्यता रहेको स्थानीयवासी ओमेन्द्र केसीले बताउनुभयो । 

तत्काल सबै निकायको बैठक बसी अनुदान र जनश्रमदानबाट विद्युत् सेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइने ठूलीभेरी नगरपालिका–३ का वडाध्यक्ष अर्णबहादुर न्यौपानेले बताउनुभयो । विद्युत् सेवा बन्द भएपछि सरकारी तथा गैरसरकारी कार्यालयका कामसमेत प्रभावित भएको छ । दुनै बजार सोलार र जेनेरेटरको भरमा चलेको छ । 

जिल्ला प्रशासनबाट उपलब्ध हुने नागरिकता, राहदानी लगायतका सेवा लिन आवाश्यकपर्ने कागजात फोटोकपी गर्न तथा फोटो निकाल्नका लागि सर्वसाधारण चर्को मूल्य तिरेर जेनेटर र सोलारबाट काम गराउन बाध्य छन् । विद्युत् अवरुद्ध भएको फाइदा उठाउँदै स्थानीय व्यापारीले एउटा फोटोकपीको रु २०, एक प्रति इमेल गरेको रु ५० र चारप्रति फोटो निकालेको रु ४०० सम्म लिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने