2026-07-24 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ को नामाकरण गर्न अन्तरक्रिया: बुद्धभूमि, लुम्बिनी र स्वर्गद्वारी प्रस्तावमा

फागुन ११, रुकुम (पूर्व) (रासस) | प्रदेश सरकार गठन भएको एक वर्ष वितीसक्दा पनि प्रदेशको नामकरण र राजधानीको टुङ्गो लाग्न नसकेपछि जनतासँग सुझाव लिन शुरु गरिएको छ । प्रदेश नामकरण र स्थायी राजधानी तोक्न प्रदेश नं ५ सरकारले प्रदेशसभा विशेष समिति गठन गरी रुकुम (पूर्व)बाट सुझाव सङ्कलन एवं अन्तरक्रिया शुरु गरेको हो । 

स्थायी राजधानी तोक्न सजिलो होस् भन्ने उद्देश्यले विशेष समिति बनाएर सल्लाह सुझाव सङ्कलन गर्न थालिएको प्रदेश नं ५ का प्रदेशसभा सदस्य तथा विशेष समिति सदस्य दिनेश पन्थीले बताउनुभयो । फागुन १८ गतेसम्म प्रदेश नं ५ का १२ वटै जिल्लामा सुझाव सङ्कलन लिने उद्देश्यले रुकुम (पूर्व)बाट यस कार्यक्रमको शुरुआत गरिएको उहाँको भनाइ छ । 

अन्तरक्रियामा सहभागी सबैले सबैको पायक पर्ने ठाउँ दाङ भएको भन्दै दाङमा नै अस्थायी राजधानी हुनुपर्ने माग राखेका छन् । त्यसैगरी ठाउँठाउँमा मगर समुदायको बाक्लो बस्ती भएकाले जनजातीको न्यायलाई ध्यानमा राखी ऐतिहासिक मगरात थारू प्रदेश नामकरण गर्न पनि माग गरेका छन् । त्यसैगरी प्रदेश नामकरणको मागमा क्रमशः बुद्धभूमि, लुम्बिनी र स्वर्गद्वारी रहेका छन् । अन्तरक्रियामा सहभागीले दाङलाई प्रशासनिक, बाँकेलाई औद्योगिक र बुटवललाई व्यापारिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । 

सङ्घीय सांसद कमला रोकाले सङ्घीयताले जन्माएको कान्छो जिल्ला रुकुम (पूर्व) सबैभन्दा बढी मारमा परेको बताउनुभयो । राजनीतिक खिचातानीले गर्दा नै यो समस्या उब्जिएको उहाँको भनाइ छ । अन्तरक्रियामा सहभागीको प्रश्नका जवाफ दिँदै प्रदेशसभा सदस्य तथा विशेष समिति सदस्य वीरबहादुर रानाले दूरदराजका जनताका समस्यालाई ध्यानमा राखी प्रदेश सरकारले प्रदेश राजधानी र नामकरणको टुङ्गो लगाउने विश्वास दिलाउनुभयो । 

जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर वलीले प्रदेश राजधानी सिमानामा नभई बीच भागमा हुनुपर्ने बताउनुभयो । सुझाव सङ्कलन गरी लगेपछि सुझावमा लेखेका कुरालाई ध्यानमा राखी समस्याको समाधान गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ । प्रदेश नं ५ को अस्थायी राजधानी हाल बुटवलमा छ । तर सेन्टर र सबैको सुगमताको हिसाबले प्रदेश राजधानी दाङ हुनुपर्ने अधिकांशको माग छ । प्रदेश नं ५ र ६ को सिमानामा पर्ने रुकुम (पूर्व) बाट अस्थायी प्रदेश राजधानी बुटवल पुग्न गाडीमा एक दिन लाग्छ । 

प्रदेश सरकार गठन भएपछि सबैभन्दा पहिले कर्णाली प्रदेशको नाम र राजधानी लाग्यो । गण्डकी प्रदेशले र सुदूरपश्चिमको प्रदेशले नाम र राजधानी तोतेका छन् । अझै पनि प्रदेश नं १, २, ३ र ५ ले नामकरण र स्थायी राजधानीको टुङ्गो लगाउन सकेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक