२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गति सीमितका सूचना पार्टी स्थापना

१२ फाल्गुन २०७५, आईतवार ०८:३४

फागुन १२, सिन्धुली (रासस) | सिन्धुलीको धुरा बजार क्षेत्रमा दुर्घटना बढेपछि न्यूनीकरण गर्न आज गति सीमितिका सूचना पार्टी राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको प्रयास र कमलामाई नगरपालिका–६ वडा कार्यालयको सहयोगमा गति सीमितका सूचना पार्टी राखिएको हो । 

धुरा बजारको सिरानदेखि ग्वाङ खोलाको पुलसम्म गति सीमितका २० वटा सूचना पार्टी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिधा सडक भएकाले तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै न्यूनीकरण गर्न यस्तो अभियान शुरु गरिएको कार्यालयले जनाएको छ । 

आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंह र वडा नं ६ का वडाध्यक्ष उज्ज्वल थापाले सडकको बीचमा गति सीमित अधिकतम गति ३० लेखिएको सूचना पार्टी राखेर शुभारम्भ गर्नुभएको थियो । 

बजार क्षेत्रमा दैनिकजसो दुर्घटना हुने गरेको र अधिकांश दुर्घटना तीव्रगतिका कारण हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिनुभयो । उहाँले सडकको बीचमा राखिएका गति सीमितको सूचना पाटीलाई रातको समयमा झिक्न र बिहान पुनः सडकको बीचमा राख्न आग्रह गर्नुभयो । 

धुराबजार क्षेत्रमा हरेक ३०/३० मिटरमा गति सीमितका सूचना पार्टी राखिएको र अधिकतम गति ३० भन्दामाथि रहने सवारीलाई कारवाही गर्ने जिल्ला ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले जानकारी दिनुभयो । 

प्रहरीले गति मापन गर्ने र तीव्र गति रहेको पाइए ५०० देखि १५०० रुपैयाँसम्म जरिवाना गरिने उहाँको भनाइ छ । बजार क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न अन्य बजार क्षेत्रमा समेत यस्ता बोर्ड राखी बजारलाई दुर्घटनामुक्त बनाउने उहाँको भनाइ छ । 

ट्राफिक प्रहरीले गति सीमितका बोर्ड राखेपछि धुरावासीले सुरक्षित महसुस गरेको जयमान तामाङले बताउनुभयो । सिन्धुलीका बजारमा तीव्रगतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरणका उपाय प्रहरीले अपनाइरहेको छ । बजार क्षेत्र दुर्घटनाको उच्च जोखिम रहेको भन्दै त्यस्ता स्थानमा गति सीमित गराउन ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान