४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा झुटा विवरण पेशगरी गैह्र पिडितले राहत बुझे ।

१४ भाद्र २०७२, सोमबार ०३:२७

प्रज्वल पौडेल, भदौ १४, रामेछाप । सरकारले भुकम्प पिडितलाई दिएको परिचय पत्र
र अस्थायी आवास निर्माणका लागी दिइएको रकम गलत विवरण पेश गरी बुझ्नेहरु रामेछापमा निकै रहेको पाइएको छ ।
राजनीतिक दलका प्रतिनिधी र वडा संयोजकको मिलेमतोमा गैरपिडितलाई राहत रकम वितरण भएको गुनासो र उजुरीले
यस्तो देखाएको हो ।

जिल्लाका नगरपालिका तथा गाविसमा
गैह्रपिडितले राहत रकम लिएको भन्दै प्रशस्त उजुरी परेपछि जिल्ला प्रशासन कार्यलय रामेछापले भदौ १५ गते
भित्र झुटा विवरण पेश गरी लिएको राहत रकम फिर्ता गर्न आग्रह गरेको छ । रामेछाप जिल्लामा झुटा विवरण पेश
गरी रकम लिनेमा २ नगरपालिकासहित सैपु, भुजी, कुभुकास्थली, प्रिति, ठोसे, बाम्ती, गेलु, भिरपानी, बेताली,
देउराली, फूलासी, पकरबास, मझुवा, गागल भदौरे, खाँडादेवी, दिमीपोखरी, पिङ्खुरी, लखनपुर, हिमगंगा लगाएतका
गाविसबासी रहेको जिल्ला प्रशासन कार्यलयले उजुरीका आधारमा जनाएको छ । उजुरीको संख्या बढ्न थालेपछि
जिल्ला दैवीप्रकोप उद्धार समितिले आवश्यक छानवीन गर्न नगरपालीका र गाविसलाई पत्र पठाइसकेको छ

यता सैपु गाविसमा झुटा विवरण पेश गरी गैरपिडितले राहत लिएको
उजुरी जिल्ला प्रशासन कार्यलय रामेछाप र राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबारमा परेपनि स्थानीय राजनीतिक
दल र वडा संयोजकले गैह्रपिडितलाई रकम नदिएको दावी गर्दै जिल्ला प्रशासनमा निर्णय पठाएका छन् । केहीले
बर्षौ देखि छुट्टिएर बसेपनि राहत नपाएको र अधिकांश घर नभएका, विवाह नगरेका छोराहरु र गाविसमै
नबस्नेहरुले समेत छुट्टा छुट्टै घरधुरी कायम गरि राहत रकम लिएको स्थानीयले बताएका छन् । राजनैतिक दलले
आफ्ना कार्यकर्तालाई पहँुचका आधारमा राहत उपलब्ध गराएको स्थानीयको गुनासो छ । प्रशासनले छुट्टै छानविन
गरे उजुरीमा परेका नाम बाहेक अन्य व्यक्तिहरुले राज्यले बनाएको नीति नियमलाई मिचेर राहत रकम बुझेको
भेटिने उनीहरुको भनाई छ ।

राजनैतिक दलका प्रतिनिधीहरुले भने वडा
संयोजकमार्फत आएका विवरण आफहरुले सदर गरेको बताएका छन् । गाविसमा केहि व्यक्तिले झुटा विवरण पेश गरी
परिचयपत्र बनाउन आएको जानकारी पाएपनि दबाबका कारण रोक्न नसकेको स्वीकार गरेका छन् । सैपु गाविसमा भएको
वेथितिबारे प्रशासनमा २६ र राष्ट्रिय सतर्कता केन्द्रमा ९ जनाको नाममा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी