2026-10-15 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुधबार बिहान चन्दननाथ मन्दिरको ज्वाला निभेपछी यो शुभ सङ्केत होइन भन्दै स्थानीय चिन्तित

उपेन्द्र न्यौपाने | फागुन १६, सिञ्जा (रासस) | कर्णालीकै प्रसिद्ध बाह्रौँ शताब्दीको चन्दननाथ मन्दिरको ज्वाला निभेको छ । भारी हिमपातसँगै हावा चलेपछि ज्वाला निभेको चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा बालिएको ज्वाला निभेमा अनिष्ट हुने मान्यता छ । “उल्टो हावा लाग्यो, भुमरीमा हिउँ परेको थियो, ज्वाला निभेपछि मात्रै थाहा भयो”, आचार्यले भन्नुभयो । पुजारी रमेश न्यौपानेले पूजा गर्ने समय तथा हिमपात र हावा एकैसाथ लागेपछि ज्वाला निभेको बताउनुभयो । उहाँका अनुसार ज्वाला ल्याउन दैलेख जिल्लाको शिरस्थानमा जानुपर्छ । गुठी समितिका कार्यवाहक अध्यक्ष हस्तबहादुर थापासहितको टोली ज्वाला ल्याउनका लागि दैलेख जाने भएको छ । 

यसअघि विसं २०७० मा चन्दननाथ मन्दिरमा मूर्ति चोरी भएपछि संयोगले ज्वाला निभेको थियो । एक जना बाबाले दैलेख हुँदै ज्वाला ल्याएका थिए । “त्यो ज्वाला अहिलेसम्म बलेको थियो, एक्कासि निभ्यो” आचार्यले पुरानो मान्यता मान्दै भन्नुभयो, “यो शुभ सङ्केत होइन ।” एक्कासि ज्वाला निभेपछि स्थानीयवासी पनि चिन्तित छन् । 

बिहानको पूजा नियमित रुपमा चलिसकेपछि साढे ९ बजे तीव्र गतिले चलेको हावाले ज्वाला निभेको थियो । मन्दिर खोलेर पूजा गर्ने समयमा ध्वनि कोठामा गोब्रे हालिन्छ । ज्वालामा एक महीनामा २८ माना घिउ हाल्नुपर्छ । ज्योति नआउँदासम्म मन्दिरमा पूजा नहुने भएको छ । भारी हिमपात र वर्षा भइरहेकाले ज्वाला लिन दैलेख जान समेत कठिन भएको छ । दैलेख शिरस्थानबाट ज्वाला ल्याउने समयमा पूजा गर्नुपर्छ । बाटोमा पूजा गर्दै ल्याउनुपर्छ । मन्दिर स्थापना भएदेखि ज्वाला ल्याउने चलन बसेको बताइन्छ । 

निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले ज्वाला निभेका विषयमा जानकारी दिन गुठी समितिको टोली मन्दिरमा बोलाइएको जानकारी दिनुभयो । उहाँले दैलेख गएर चाँडोभन्दा चाँडो ज्वाला ल्याउनका लागि पहल थाल्न निर्देशन पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने