२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा असुरक्षित गर्भपतन रोक्न चेतना वृद्धिमा जोड

१६ फाल्गुन २०७५, बिहीबार २३:५९

फागुन १६, डोटी | जिल्लामा सुरक्षितरूपमा गर्भपतन गराउन जनचेतना अभिवृद्धि गर्न सरोकारवाला निकायले जोड दिएका छन् । आइपास नेपालको सहयोगमा जिल्ला समन्वय समिति डोटीले सिलगढीमा आयोजना गरेको परियोजना सल्लाहकार समितिको बैठकका सहभागीले सो कुरामा जोड दिएका हुन् । 

असुरक्षित गर्भपतनका कारण महिलाले नै जोखिम मोल्नुपर्ने अवस्था रहेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । “गर्भपतन भन्ने बित्तिकै महिलाको सवाल हो, तर पुरुष पनि जिम्मेवार हुनुपर्छ”, उहाँले भन्नुभयो, “पुरुषको सहमति नहुँदा महिलाले स्वेच्छाले केही गर्न सक्दैनन्, पुरुषकै दबाब र करकापमा परी महिला गर्नपतन गराउन बाध्य छन् ।” 

असुरक्षित गर्भपतनलाई सुरक्षित बनाउन र सकभर परिवार नियोजनका साधन प्रयोग गरी गर्नपतन गराउनु हँुदैन भन्ने सन्देश दिनु आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भपतन गराउन पाइन्छ वा पाइँदैन भन्ने कुराको सबैलाई ज्ञान छैन, यो विषयमा सबैलाई ज्ञान हुन आवश्यक छ ।” 

जिल्लामा निजी मेडिकलबाट गर्भपतन गराउने औषधि सहजै पाइने भएकाले त्यसको रोकथाम गरिनुपर्ने सहभागीको माग थियो । “औषधि खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले मेडिकलमा गई अवैधरूपमा गर्भपतन गराउनेको सङ्ख्या बढेको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । 

सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाको दक्षता अभिवृद्धि तथा जनचेतनाका लागि कार्य गर्दै आएको जिल्लामा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमका संयोजक दीपा सिंहले बताउनुभयो । जिल्ला अस्पताल डोटीका एमडीजिपी डा ग्रीस अवस्थीले असुरक्षितरूपमा औषधि खाइसकेपछि ज्यान जोखिममा परेका महिला पनि स्वास्थ्य संस्थामा गर्भपतन गराउन आउने गरेको बताउनुभयो । “पटक–पटक गर्भपतन गराउने पनि छन्”, उहाँले भन्नुभयो, “असुरक्षितरूपमा औषधि खाएर समस्या भएपछि अस्पताल आउने महिलाको सङ्ख्या बढी छ ।” 

जिल्ला स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र करीब एक हजार ८९ महिलाले स्वास्थ्य संस्थामा गर्भपतन गराएका छन् । जसमध्ये ३८३ ले जिल्ला अस्पतालबाटै गर्भपतन गराएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…