Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पोखरामा फेरी प्याराग्लाइडिङ दुर्घटना, एकजना रुखमा अड्किए, अर्का विद्युतको तारमा अल्झिए

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २०, पोखरा । प्याराग्लाइडिङ दुर्घटनामा परेर सोमबार पनि दुईजना विदेशी पाइलट घाइते भएका छन् ।

अनुमति लिएको भन्दा फरक ठाउँबाट उडान गरेका उनीहरु दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का एकजना सामान्य छन्।

प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एकजना विदेशी प्याराग्लाइडिङ दुर्घटनामा परेका हुन्। ती विदेशीको अहिलेसम्म नाम खुलेको छैन। स्थानीय राम गुरुङका अनुसार विद्युत तारमा अड्केका ती पाइलटलाइ करेन्ट लाग्दा भुईमा पछारिन पुगेका थिए।

गुरुङका अनुसार ती विदेशीको बायाँ हात जलेको छ । उनका अनुसार ती सहित २० जना जति विदेशी मर्दी हिमाल पदयात्राको हाईक्याम्पबाट उडेका थिए। फरक फरक ठाउँमा विदेशी अवतरण गरेका थिए। दुर्घटनामा परेको थाहा पाए लगत्तै ती विदेशीका अर्का एकजना साथी पनि ठाँटीमै ओर्लेको उनले बताए।

त्यस्तै अर्का रसीयन पाइलट पनि मादी गाउँपालिका–७ छाचोकमा खसेका छन् । वडा अध्यक्ष लालबहादुर गुरुङका अनुसार ६३ वर्षिय इलगिज यागुदिन ष्निष्श थबनगमष्ल भोगटेको रुखमा अडकेका थिए। उनलाई अर्को रुखबाट गएर डोरी बाँधेर स्थानीय विजय खत्री र मनोज लामिछानेले उद्धार गरेको गुरुङले बताए। गुरुङका अनुसार स्थानीय छिरखने पाखाको वनमा रहेको भोगटेको रुखमा ग्लाइडर सहित खसेका उनी निकै नै अप्ठेरोमा परेका थिए।

आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए। सराङकोटबाट उडेका उनी एकाएक तालमा खसेका थिए। जिवितै उद्धार गरेर अस्पताल ल्याएपनि उपचारको क्रममा इडिको ज्यान गएको थियो।