२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित

२१ फाल्गुन २०७५, मंगलवार ०८:०९

फागुन २१ , जाजरकोट | नलगाड नगरपालिका–३ कैनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित भएका छन् ।

विंग्स फाउण्डेशन र नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेतको सहयोगमा आयोजित सो शिविरमा पाठेघर खस्ने, मुटु, अपाङ्गता, बालरोग, दम, दाँतलगायत रोगका बिरामीले उपचार सेवा प्राप्त गरेका छन् । 

पाठेघर खस्ने रोगबाट पीडित २०० महिलाले उपचार सेवा प्राप्त गरेका छन् । तीमध्ये एक सय पचास महिलामा रिङप्रेसरी राखिएको उपचारमा संग्लन डा नवराज केसीले बताउनुभयो । उहाँका अनुसार, पाठेघर खसेका ३० महिलालाई शल्यक्रियाका लागि सुर्खेत रिफर गरिएको र एक सय ३० महिलाको पाठेघर क्यान्सरको स्क्रीनिङ गरेको छ । 

यसैगरी मुटुमा प्वाल भएका र अपाङ्गता भई हिँड्डुल गर्न नसक्ने अवस्थाका बालबालिकालाई थप उपचार तथा अभ्यासका लागि सुर्खेत पठाइएको छ भने कुपोषित अवस्थाका १८ बालबालिकालाई पोषण पुनःस्थापना गृह सुर्खेतमा पठाइएको डा केसीले बताउनुभयो । शिविरमा आएका अधिकांश महिलामा पाठेघर संक्रमण र पोषणको कमी देखिएको उहाँले बताउनुभयो । 

विगत आठ वर्षदेखि पाठेघर सम्बन्धी समस्याबाट पीडित नलगाड नगरपालिका–३ की धनसरी पुनले शिविरमा रिङप्रेसरी हालेपछि यो समस्या समाधान भएकोमा खुशी व्यक्त गर्नुभयो । 

दुई दिनसम्म सञ्चालन भएको शिविरमा प्रदेश अस्पताल सुर्खेत, नेपाल बाल पोलिक्लिनिक सुर्खेत र हिमाल डेन्टल क्लिनिक सुर्खेतले प्राविधिक सहयोग गरेको युवा समाजसेवी प्रकाश पन्तले बताउनुभयो । 

शिविर सञ्चालनका लागि प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर केसीको नेतृत्वमा एकजना विदेशी चिकित्सकसहित दुई दर्जन स्वास्थ्यकर्मी सहभागी भएको पन्तले बताउनुभयो । 

शिविर सञ्चालनका लागि विंंग्स फाउण्डेसनका अध्यक्ष समेत रहेका बालरोग विशेषज्ञ डा केसीले रु दुई लाख, बेलायतमा बस्ने पर्यटनविद् विसु सिञ्जालीले रु एक लाख, अमेरिकामा रहेका प्रेम रोकायले रु २० हजार, नलगाडवासी गगन रानाले रु २० हजार, अमेरिकामा बस्ने जयन्ती थापाले रु १५ हजार, सुर्खेतकी महिला उद्यमी बिन्दु नेपालले रु १० हजार र बेलायतमा रहेकी अन्जु कार्कीले रु १० हजार सहयोग गरेका पन्तले जानकारी दिनुभयो । 

क्लोरिन मेकर मेशिन वितरण 

त्यस्तै उक्त शिविरमार्फत् विभिन्न विद्यालयलाई रु ५० हजार मूल्य पर्ने पानी शुद्धीकरण गर्ने क्लोरिन मेकर मेशिन निःशुल्क प्रदान गरेको छ । 

निःशुल्क मेशिन प्राप्त हुनेमा नलगाड नगरपालिकास्थित कैलास कन्या आधारभूत विद्यालय कट्के, करुणादय प्राथमिक विद्यालय करुवा, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चावलेचौर, सूर्योदय मावि कैना, निर्मल ज्योति आधारभूत विद्यालय थाप्ला र भानुभक्त मावि लह छन् । 

शिविरमा नलगाड नगरपालिका टट्टा, करुवा, कट्के, पिउली, भारगाउँ, गर्छिना, थाप्ला, कोटीगाउँ, लह, बाउसेखोला, खनटाकुरा, पोखरा, ऐरारी, रघुनाथ, डडागाउँलगायत गाउँका बासिन्दाले लाभ लिएका थिए । दुर्गम गाउँमा आयोजना भएको निःशुल्क शिविरबाट स्थानीयले लाभ पाएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य