दलसिंह गिरी | फागुन २२, कालिकोट | सुन्दा र पढ्दा अचम्म लाग्ला तर कर्णाली प्रदेश अन्तर्गत कालिकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैक स्थापना गरेको छ । रास्कोट नगरपालिकामा रहेका मानबिय श्रम शक्तिलाई संगठित गरी पहिलो पटक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | फागुन २२, कालिकोट | सुन्दा र पढ्दा अचम्म लाग्ला तर कर्णाली प्रदेश अन्तर्गत कालिकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैक स्थापना गरेको छ । रास्कोट नगरपालिकामा रहेका मानबिय श्रम शक्तिलाई संगठित गरी पहिलो पटक "/>
2026-06-28 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो पटक श्रम रोजगार बैंक स्थापना

दलसिंह गिरी | फागुन २२, कालिकोट | सुन्दा र पढ्दा अचम्म लाग्ला तर कर्णाली प्रदेश अन्तर्गत कालिकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैक स्थापना गरेको छ । रास्कोट नगरपालिकामा रहेका मानबिय श्रम शक्तिलाई संगठित गरी पहिलो पटक श्रम रोजगार बैक स्थापना गरेको हो ।

नगरपालिकामा रहेका ९ वटै वडामा रहेका १८ बर्षदेखि ४० बर्ष उमेर सम्मका करिव २ सय ६० जना बेरोजगार युवाहरुलाई संगठित गरी एक औपचारीक कार्यक्रमका विच नगर प्रमुख काशिचन्द्र बरालले श्रम रोजगार बैकको घोषणा गरेका छन् । बेरोजगार युवा शक्तिलाई रोजगार दिन उद्देश्यले श्रम रोजगार बैंक स्थापना गरिएको बताउदै औपचारीक रुपमा श्रम रोजगार बैक घोषणा गरेका हुन् ।


नगरपालिकामा रहेका श्रमयोग्य युवाहरुलाई लक्षित गरी एक कार्यविधि समेत निर्माण गरेर प्रत्येक बस्ती बस्तीबाट श्रमशक्तिलाई संगठित गरिएको नगरपालिकाका मेयर बरालले बताए । नगरपालिकाले तयार पारेको कार्यविधि अनुसार श्रमशक्तिमा संगठित युवाहरु उमेरको हदमा ५० बर्ष पुगेपछि स्वत अवकास पाउने, श्रम रोजगारमा काम गर्ने युवाको मासिक आम्दानीको १० प्रतिशत रकमलाई बचत जम्माको ब्यवस्था गर्ने, त्यसमा १० प्रतिशत रकम नगरपालिकाले जम्मा गर्ने, प्रत्येक श्रम रोजगारीलाई जनही १० लाख बराबरको दुर्घटना विमाको ब्यवस्था गरिएको मेयरले बताएका छन् । 


प्रति समुह २० जना युवा रहने गरी युवादस्तालाई काम दिने र दोहोरो मुल्याङ्कनबाट युवाले पाउने ज्याला बैंक खाता मार्फत भुक्तानी गरिने, कार्यदस्ता परिचालनका लागि नगरमा एकजना अध्यक्ष , एकजना मुख्य व्यवस्थापक र पत्येक समुहमा एकजना प्राविधिक र एकजना व्यवस्थापक नियुक्त गरिने अध्यक्षले जनाएका छन् । यस्तै श्रम रोजगार बैंकका सदस्यले नगरका विकास निर्माण, उत्पादन, सामाजिक सुरक्षा, दैवी प्रकोप तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रमा काम गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी