२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा एचवानएनवान एन्फुएन्जाको संक्रमण

२०७२, १९ भाद्र शनिबार ००:३७

भदौ १९, रामेछाप । रामेछाप जिल्लामा एचवानएनवान एन्फुएन्जाको संक्रमण
देखिएको छ । कडा ज्वरोका विरामी धमाधम अस्पताल भर्ना हुन थालेपछि गरिएको अनुसन्धानपछि एन्फुएन्जाको
संक्रमण देखा परेको पुष्टि भएको हो ।

जिल्ला अस्पताल रामेछापमा
भर्ना भएका ८ जना विरामीको रगत परिक्षणका लागि टेकु अस्पताल पठाएकोमा २ जनामा पोजेटिभ देखा परेको
अस्पतालले जनाएको छ । अस्पतालमा आउने विरामीहरुमा कडा ज्वरो देखिएपछि विगत एक सातादेखी विश्व स्वास्थ्य
संगठनका चिकित्सकहरु डा. सुवास पाठक र डा. सुवास न्यौपानेले जिल्ला अस्पताल सहित मन्थलीको तामाकोसी
सहकारी अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्र, रामेछाप सामुदायिक अस्पताल लगायतका अस्पतालमा भर्ना भएका
विरामीको अनुसन्धान शुरु गरेको थियो ।

एक साताको अनुसन्धान र
टेकुबाट प्राप्त रिपोर्टबाट रामेछापका विरामीमा एचवानएनवान एन्फुएन्जाको संक्रमण देखा परेको पुष्टि भएको
विश्व स्वास्थ्य संगठनका चिकित्सक डा. सुवास न्यौपानेले बताउनुभयो । उक्त रोग स्वाइनफ्लु नभएकाले
सर्वसाधारणलाई नआत्तिन पनि चिकित्सकहरुले अनुरोध गरेका छन् । सगठनका अर्का चिकित्सक डा. सुवास पाठकले
अहिलेको ज्वरोबाट आत्तिनु पर्ने अबस्था नभएपनि सर्तक रहनुपर्ने बताउनुभयो अस्पतालमा आउने विरामीहरुमा
उच्च ज्वरो, रुघाखोकि तथा टाउको दुख्ने लक्षण देखा परेको डा. सुवास पाठकले बताउनुभयो । उहाँले
एन्फुएन्जा प्रारम्भिक चरणमा नै रहेकाले नियन्त्रण नजिकै पुगेको जानकारी दिनुभयो । उक्त रोगको पहिचाहन
भएपछि काठमाडौंबाट जिल्लामा थप औषधि प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने