२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

भङ्गेरी गाउँ मदिरा निषेधित क्षेत्र घोषणा

२०७२, २८ भाद्र सोमबार २३:३८

प्रज्वल पौडेल,/भदौ, रामेछाप । रामेछाप नगरपालिकाको भङगेरी गाउँ
साविकको रामेछाप गाविस वडा नं. ४ लाई सोमबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिरा नियन्त्रण
समिति भङगेरीको अगुवाईमा “नगरौ मदिरापान, धनको नाश,जीवनको बर्बाद” भन्ने नाराका साथ प्रमुख जिल्ला
अधिकारी बासुदेव दाहालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख
जिल्ला अधिकारी दाहालले सत्कर्मले समाजलाई विकास र अग्रगमनतिर लैजाने भएकाले गैह्रकानुनी रुपमा मदिरा
उत्पादन, भण्डारण एवम् विक्रि वितरण गर्ने कसैलाई पनि कानुनी छुट नभएको बताए । मदिरा नियन्त्रण कार्य
आँफैमा सकारात्मक र सराहनिय भएको भन्दै अरु गाविसले पनि यस्तो महान कार्यलाई उदाहरणका रुपमा लिनुपर्नेमा
दाहालले जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै राजनैतिकदलका पार्टी प्रतिनिधीहरुले मदिरा सेवन एवम् व्यवसायले
समाजमा विकृति ल्याउने भन्दै मदिरा व्यवसायको विकल्प खोज्न व्यवसायीहरुलाई आग्रह गरेका थिए । मदिरा
नियन्त्रण समितिका सभापति गौतमकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा मदिरा नियन्त्रण समितिले
बरामद गरेको २०० लिटर मदिरा नष्ट गरिएको छ । कार्यक्रममा स्थानिय राजनैतिकदल, सरकारी तथा ग्रैहसरकारी
संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, सुरक्षाकर्मी, पत्रकार, स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने