2026-08-30 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुक प्रेम: २५ दिनदेखि कुराकानी, भेट्न बोलाएर सामुहिक बलात्कार

चैत २, सुर्खेत | सुर्खेतमा १५ वर्षीय किशोरी बलात्कृत भएकी छन् | फेसबुकबाट चिनजान भएकै भरमा भेट्न जाँदा किशोरी बलात्कारको सिकार बनेकी हुन् । फागुन २६ गते फेसबुकमार्फत् साथी बनेको किशोरलाई भेट्न जाँदा किशोरी बलात्कृत भएकी हुन्। 

दिउँसो २ बजे वीरेन्द्रनगर-९ स्थिति कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बाहानामा दुई किशोरले बलात्कार गरेको जाहेरी पीडित परिवारले प्रहरीमा दिएको छ। 

वीरेन्द्रनगरमा कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएपछि पीडित परिवारले जाहेरी दिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। 

बलात्कार आरोप लागेका दुईमध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका किशोर १६ वर्षका हुन् । उनको नाम गोप्य राखिएको छ।

उनका साथी १७ वर्षीय सागर चौधरी भने फरार छन् । पक्राउ परेका किशोरले प्रहरीसँगको वयानमा फेसबुकमार्फत् प्रेम सम्बन्धमा रहेको र घुम्न जाँदा सहमतिमै शारीरिक सम्पर्क राखेको बताएका छन्। पक्राउ परेका किशोरले उनीहरुबीच २५ दिनदेखि फेसबुकमा कुराकानी हुँदै आएको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने