२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार

२०७५, ७ चैत्र बिहीबार ०६:०१

चैत ७, जाजरकोट (रासस) | जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा महेश सेजुवालले जानकारी दिनुभयो । 

झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी उपचारका लागि आएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीको लापरवाहीका कारण अस्पतालका भवन पाँच वर्षदेखि निर्माण नहुँदा बिरामीको चाप बढेका बेला भुइँमा राखेर उपचार गराउनु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताउनुभयो । एउटा श्ययामा दुई बिरामी राखेर उपचार गर्दा पनि ठाउँ नपुग्दा भुइँमा राखेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मी लालबहादुर बस्नेतले बताउनुभयो । 

उक्त अस्पतालमा विशेषज्ञ सेवा पाइने भएपछि बिरामीको भीड लाग्ने गरेको छ । नेपालगञ्जलगायत देशका विभिन्न शहरमा गएर उपचार गर्न जानुपरेकामा यस अस्पतालमा विशेषज्ञ सेवाका साथै शल्यक्रियासमेत पाइन थालेपछि बिरामीको भीड लागेकोे हो । 

विसं २०३२ मा निर्माण गरिएको भवन जीर्ण हुँदै गएकामा अस्पताललाई स्तरोन्नति गरिएपनि प्रभावकारी उपचारमा समस्या पर्दै आएको हो । अहिले उक्त अस्पतालमा डोल्पा र रुकुमका समेत बिरामी आउने गरेका छन् । यता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसै आवमा रु ५२ करोडको लागतमा भवन निर्माणका लागिबोलपत्र आह्वान हुनलागेको बताउनुभयो । जिल्लाका नलगाड नगरपालिकालगायत अन्य ठाउँका स्वास्थ्य भवन निर्माण नगर्ने निर्माण व्यावसायीको ठेक्का तोडिएको छ । 

यसैबीच नलगाड नगरपालिका–८ काव्रामा गए राति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय नरबहादुर चदाराको घरबाट सल्केको आगोले देवबहादुर चदारा र लालबहादुर चदाराको घर पनि जलेर नष्ट भएको हो । घरबाट कुनै पनि वस्तु बचाउन नसकिएको स्थानीय शिक्षक नरेन्द्र केसीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा