२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

वडा कार्यालय नसार्न अन्तरिम आदेश

२०७५, ७ चैत्र बिहीबार ०७:४२

चैत ७, डोटी । जिल्लाको शिखर नगरपालिका–३ को वडा कार्यालय केन्द्र सार्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत दिपायलले विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ । 

उच्च अदालत दिपायलले पछि ठहरे बमोजिम हुने गरी हाललाई वडा अध्यक्षसहित तीन जनाको बहुमत सदस्यले गरेको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको हो । वडा नं ३ विसं २०७५ माघ १७ गते भएको बैठकले हाल केन्द्र रहेको आली अतुरालीबाट जोरागाउँमा केन्द्र सार्ने निर्णय गरेको थियो । 

त्यसपछि उक्त निर्णय गैरकानूनी भएको भन्दै उक्त निर्णय विरुद्ध वडा सदस्य नरहरादेवी बोगटी र खड्कबहादुर जोराले उच्च अदालत दिपायलमा रिट निवेदन दर्ता गराउनुभएको थियो । उक्त रिट निवेदनमा निवेदकका तर्फबाट अधिवक्ताहरु शङ्करदीप मडै र मेरिना श्रेष्ठले बहस गर्नुभएको थियो । 

उच्च अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६ (७) बमोजिम गाउँ तथा नगरसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाई बहुमतले प्रस्ताव पारित गरी वडाको केन्द्र हेरफेर गर्नसक्ने भनी स्पष्ट कानूनी व्यवस्था रहेकोसमेत आदेशमा उल्लेख गरेको छ । उच्च अदालतको अन्तरिम आदेशपछि अतुरालीका स्थानीय खुशी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म