२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

पुनःस्थापना केन्द्र अधुरै

९ चैत्र २०७५, शनिबार ०६:३०

चैत ९, सिञ्जा | स्थानीय तहले बजेट विनियोजन नगरेपछि जुम्लामा निर्माणाधीन अपाङ्ग पुनःस्थापना केन्द्र वर्षौंदेखि अधुरै रहेको छ । तत्कालीन जिल्ला विकास समितिले रु २९ लाखमा अपाङ्ग पुनःस्थापना केन्द्र निर्माण थालेको हो । 

पुनःस्थापना केन्द्रका लागि त्यतिबेला रु १२ लाख विनियोजन गरिएको थियो । पछि स्थानीय तह आएपछि निर्माणाधीन भवनका लागि बजेट नछुट्टयाउँदा भवन निर्माण अधुरै रहेको अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट कहिँतकैबाट उपलब्ध हुन सकेको छैन ।” स्थानीय तहले पुनःस्थापना केन्द्रका लागि बजेट विनियोजन नगरेको अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्रले जनाएको छ । केन्द्रकै पहलमा तत्कालीन जिविसले पुनःस्थापना केन्द्र निर्माण थालेको थियो । 

“बजेट अभावले भवन निर्माण अलपत्र अवस्थामा छ”, केन्द्रका अध्यक्ष नन्दराज धितालले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई पुनःस्थापना गर्न तथा विभिन्न सीपमूलक तालीम सञ्चालन गरी स्वरोजगार बनाउने उद्देश्य छ । 

यसैगरी जुम्ला र डोल्पालाई जोड्ने दानसाघु पक्की पुल बजेट अभावमा अधुरै छ । पुरानो बसपार्कस्थित नगरपालिकालाई चक्रपथसँग जोड्ने पुल निर्माण पनि अधुरै छ । स्थानीय तह आएपछि तत्कालीन जिविसबाट सञ्चालित सबै योजना अधुरै रहेको जिससका कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढ्थापाले भन्नुभयो । “निर्माण समितिका व्यक्ति हामीकहाँ आउँछन्, हामीसिा बजेट छैन”, उहाँले भन्नुभयो । 

स्थानीय सरकारले पुराना निर्माणाधीन योजनालाई बजेट नदिएपछि अहिले काम अधुरै छाड्नु परेको दानसाघु पुलका ठेकेदार राजुसिंह कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “दुईपटक डिजाइन गरे । दोहोरो खर्च भयो, प्रदेश तथा सङ्घीय सरकारलाई गुहार्नु परेको छ ।” अहिले ४२ योजनाको काम ठप्प छ । सडक, पक्की पुल, भवन, खानेपानी, सिँचाइ, नहर, विद्यालय घेरबारलगायत योजना बजेट अभावमा अलपत्र छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान