२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा चट्याङ लागेर दुई जना घाइते

२०७५, १२ चैत्र मंगलवार १२:०३

चैत १२, भद्रपुर | आज बिहान पानी, हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उनीहरु दुवैलाई घरमै बसिरहेका अवस्थामा चट्याङले लागेको थियो । घाइते दुवैको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । हावाहुरीले झापाका विभिन्न स्थानमा बिजुलीका आधा दर्जनभन्दा बढी खम्बा ढालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार भद्रपुर नगरपालिका–१० स्थित भद्रपुर विमानस्थलको पूर्वपट्टि, गौरदाह–७ ग्वालडुब्बामा एक–एक र बिर्तामोड नगरपालिका–५ मा बिजुलीका दुई खम्बा ढलेका छन् । त्यसैगरी हावाहुरीले मेनपा–१५स्थित नरेश लिम्बू र कचनकवल गापा–६ बस्ने झड्कन ठाकुरको घरको टिनको छानो उडाएको छ भने भद्रपुर–८ स्थित सगरमाथा चोकमा रहेको प्रहरी बिट पल्टाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । आज बिहान ८ देखि करीब १० बजेसम्म पानीसँगै हावाहुरी र चट्याङ परेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश