२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बर्थिङ सेन्टरमा प्रसुती गराउँदा यातायात खर्च डबल पाइने

१३ चैत्र २०७५, बुधबार १६:२८

चिसाङ शेर्पा | चैत्र १३, खोटाङ | दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बर्थिङ सेन्टरमा प्रसुती गराउने सुत्केरी महिलालाई दोब्बर यातायात खर्च दिंदै आएका छन् । गाउँपालिकाको स्वास्थ्य चौकी याम्खा, स्वास्थ्य चौकी ओख्रे र उप–स्वास्थ्य चौकी सप्तेश्वर छितापोखरीमा स्थापना गरिएको बर्थिङ सेन्टरमा प्रसुती गराए वापत आर्थिक वर्ष २०७५÷०७६ बाट सुत्केरी महिलालाई गत वर्षको तुलनामा १ हजार ४ सय थप यातायात खर्च बढी दिंदै आएको हो ।  

घरायसी तवरमा घरमै प्रसुती गराउँदा आमा तथा बच्चाको ज्यान जोखिममा पर्ने भन्दै गतवर्षबाट गाउँपालिकाले तीन स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको स्थापना गरेको थियो । बर्थिङ सेन्टरमा प्रसुती गराउँदा यातायात खर्च १ हजार र चार पटक गर्भजाँचको ४ सय दिंदै आएको गाउँपालिकाले नयाँ आवबाट त्यसको दोब्बर खर्च बढाएर दिइरहेको गाउँपालिका स्वास्थ्य संयोजक मुस्ता अहमद मन्सुरीले बताए । बर्थिङ सेन्टरमा जटिल प्रकारका प्रसुती गराएका पाँच जना महिलालाई गाउँपालिकाले जनही तीन हजारका दरले प्रोत्साहन खर्च उपलब्ध गराएका छन् । प्रतिजना महिला प्रसुती गराए वापत स्वयंम् वर्थिङ सेन्टरले समेत १ हजार खर्च पाउदै आएको छ ।

गर्भवती महिलालाई गर्भ जाँच गराउन आएदेखी नै बर्थिङ सेन्टरमा सुरक्षित प्रसुती गराउनुपर्छ भनेर जानकारी दिने गरेकाले घरमै प्रसुती गराउने महिलाको संख्या धेरै कम भएको तर, पुर्णरुपमा त्यो समस्या नहटेको स्वास्थ्य चौकी ओख्रेका अनमी तीर्था कुमारी गिरीले बताईन् । बर्थिङ सेन्टरमा प्रसुती गराए वापत न्यानो झोला मात्रै पाएको याम्खाकी शोभा खत्रीले जानकारी दिईन् । खर्चको लागि पछि बोलाउने भन्नु भएको छ । अहिलेसम्म बोलाउनु भएको छैन । उनले सुनाईन् ।

गाउँपालिकाबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै बर्थिङ सेन्टरमै पुगेर सुरक्षित तवरले प्रसुती गराउनुपर्छ र प्रसुती गराए वापत खर्च पनि पाईन्छ भन्ने बृहत चेतना फैलाउन विभिन्न रचनात्मक उपायहरु रच्नु परेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । आर्थिक वर्ष २०७४÷०७५ मा बर्थिङ सेन्टर याम्खामा १०, स्वास्थ्य चौकी ओख्रे बर्थिङ सेन्टरमा ३४ र उप स्वास्थ्य चौकी सप्तेश्वर छितापोखरी बर्थिङ सेन्टरमा ३ जना महिलाले सुरक्षित प्रसुती गराएका छन् । यस्तै, आव २०७५÷०७६ फागुुनसम्म याम्खा बर्थिङ सेन्टरमा ११, स्वास्थ्य चौकी ओख्रेमा २५ र उप स्वास्थ्य चौकी सप्तेश्वर छितापोखरी बर्थिङ सेन्टरमा २२ जना महिलाले प्रसुती गराएका स्वास्थ्य संयोजक मन्सुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य