२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बर्थिङ सेन्टरमा प्रसुती गराउँदा यातायात खर्च डबल पाइने

२०७५, १३ चैत्र बुधबार १६:२८

चिसाङ शेर्पा | चैत्र १३, खोटाङ | दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बर्थिङ सेन्टरमा प्रसुती गराउने सुत्केरी महिलालाई दोब्बर यातायात खर्च दिंदै आएका छन् । गाउँपालिकाको स्वास्थ्य चौकी याम्खा, स्वास्थ्य चौकी ओख्रे र उप–स्वास्थ्य चौकी सप्तेश्वर छितापोखरीमा स्थापना गरिएको बर्थिङ सेन्टरमा प्रसुती गराए वापत आर्थिक वर्ष २०७५÷०७६ बाट सुत्केरी महिलालाई गत वर्षको तुलनामा १ हजार ४ सय थप यातायात खर्च बढी दिंदै आएको हो ।  

घरायसी तवरमा घरमै प्रसुती गराउँदा आमा तथा बच्चाको ज्यान जोखिममा पर्ने भन्दै गतवर्षबाट गाउँपालिकाले तीन स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको स्थापना गरेको थियो । बर्थिङ सेन्टरमा प्रसुती गराउँदा यातायात खर्च १ हजार र चार पटक गर्भजाँचको ४ सय दिंदै आएको गाउँपालिकाले नयाँ आवबाट त्यसको दोब्बर खर्च बढाएर दिइरहेको गाउँपालिका स्वास्थ्य संयोजक मुस्ता अहमद मन्सुरीले बताए । बर्थिङ सेन्टरमा जटिल प्रकारका प्रसुती गराएका पाँच जना महिलालाई गाउँपालिकाले जनही तीन हजारका दरले प्रोत्साहन खर्च उपलब्ध गराएका छन् । प्रतिजना महिला प्रसुती गराए वापत स्वयंम् वर्थिङ सेन्टरले समेत १ हजार खर्च पाउदै आएको छ ।

गर्भवती महिलालाई गर्भ जाँच गराउन आएदेखी नै बर्थिङ सेन्टरमा सुरक्षित प्रसुती गराउनुपर्छ भनेर जानकारी दिने गरेकाले घरमै प्रसुती गराउने महिलाको संख्या धेरै कम भएको तर, पुर्णरुपमा त्यो समस्या नहटेको स्वास्थ्य चौकी ओख्रेका अनमी तीर्था कुमारी गिरीले बताईन् । बर्थिङ सेन्टरमा प्रसुती गराए वापत न्यानो झोला मात्रै पाएको याम्खाकी शोभा खत्रीले जानकारी दिईन् । खर्चको लागि पछि बोलाउने भन्नु भएको छ । अहिलेसम्म बोलाउनु भएको छैन । उनले सुनाईन् ।

गाउँपालिकाबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै बर्थिङ सेन्टरमै पुगेर सुरक्षित तवरले प्रसुती गराउनुपर्छ र प्रसुती गराए वापत खर्च पनि पाईन्छ भन्ने बृहत चेतना फैलाउन विभिन्न रचनात्मक उपायहरु रच्नु परेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । आर्थिक वर्ष २०७४÷०७५ मा बर्थिङ सेन्टर याम्खामा १०, स्वास्थ्य चौकी ओख्रे बर्थिङ सेन्टरमा ३४ र उप स्वास्थ्य चौकी सप्तेश्वर छितापोखरी बर्थिङ सेन्टरमा ३ जना महिलाले सुरक्षित प्रसुती गराएका छन् । यस्तै, आव २०७५÷०७६ फागुुनसम्म याम्खा बर्थिङ सेन्टरमा ११, स्वास्थ्य चौकी ओख्रेमा २५ र उप स्वास्थ्य चौकी सप्तेश्वर छितापोखरी बर्थिङ सेन्टरमा २२ जना महिलाले प्रसुती गराएका स्वास्थ्य संयोजक मन्सुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित