By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    6 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    9 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    10 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    10 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    13 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बागमतीमा माछा पाउन छाडेपछि रहनसहन मै परिवर्तन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बागमतीमा माछा पाउन छाडेपछि रहनसहन मै परिवर्तन
काठमाडौँ - KTMसमाज

बागमतीमा माछा पाउन छाडेपछि रहनसहन मै परिवर्तन

साझासवाल
Last updated: March 28, 2019 8:58 am
साझासवाल
6 Min Read
Share

रिपेश दाहाल | चैत १४, हेटौँडा  (रासस) | माछा लिनुस्, माछा ! बागमतीको माछा ! आफूलाई फापरबारीको बताउने एक व्यक्ति हेटौँडाको महोत्सव परिसरमा सिलमा उनेको माछा बेच्दै थिए । “साँच्चै बागमती कै हो ?,” एक महिलाले शङ्का व्यक्त गरिन् । कसम खान नपर्ने अवस्था बनाउँदै व्यापारीले चलाखी गरे – “बागमतीकै हो । बागमती त सुकेको गुलाफ जस्तै भयो । सधैं लटरम्म फुल्ने गुलाफ सुकेपछि कस्तो देखिन्छ हो, त्यस्तै भयो बागमती ।” उनले लाक्षणिक रुपमा कुरा प्रष्ट पार्ने चेष्टा गरे । निक्कै नै साहित्यिक भाषा प्रयोग गरेर बोल्ने त्यस व्यापारीले आफ्नो परिचय दिन मानेनन् । 

“तिर्खा लागेको भए खोलातिर जानुहोस्,” उनले माछाको खानी मानिने राई गाउँतिरै जान सुझाउँदै थपे पनि । 

मकवानपुरको राई गाउँ करौंजेका प्रायःजसो घरमा माछा मार्ने जाल, ढडिया, खोंगा, तीर, बल्छी भेटिन्छन् । तर, ती सामान हेर्दा लाग्छ लामो समयदेखि तिनले आफ्नो काम गर्न पाएका छैनन् । यस भेगमा विगतमा व्यावसायिक रुपमा माछा मार्ने र बेच्ने चलन थियो । यहाँको माछा सुकाएर काठमाडौँ तथा हेटौँडा लगायत देशका थुप्रै शहरहरुमा पुग्थे । माछा बाहेकको तरकारी नै नहुने चलन करौंजेमा थियो । एकल तथा समूहमा पनि माछा मार्ने चलन थियो । तराईबाट मलाहहरु महिनौं बस्ने गरी आउँथे र महाजाल तथा ठूल्ठूला झुलहरुको प्रयोग गरेर माछा मार्थे । महिनौं राई गाउँमा बसेर सिद्रा लिएर जान्थे । हेटौँडातिरका माछा व्यापारीहरुको आउजाउ पनि बाक्लै हुन्थ्यो । 

सयौं किलो माछा थुपारेर आकारअनुसार सिल उन्ने, टाटीमा सेकाउने तथा सिद्रा बनाउने काम करौंजे, माझगाउँ, बोडगाउँ एवं पूरै राई गाउँ तथा फापरबारीमा कयौं परिवारले गर्दै गरेको भेटिन्थ्यो, देखिन्थ्यो । जाल खेल्ने, दुवाली थुन्ने, ढडिया थाप्ने, खोंगा थाप्ने लगायत ठूला दहहरुमा डुँड थाप्ने चलन थियो । बालबालिकाहरु डबुका पनि थाप्थे । विशेष शिकारीहरु गहिरो दहमा गएर भालाको माध्यमबाट गोंज माछाको शिकार गर्थे । कहिलेकाहीँ त ७० किलो भन्दा ठूला गोंज माछा भेटिन्थ्यो । 

घरभन्दा फराकिलो खाडल खनेर मुनि कोइला बालिन्थ्यो र माथि बाँसको टाटीमा माछा फिँजाएर सुकाइन्थ्यो । अहिले त तीे सबै सपना जस्तै लाग्ने विगतको अनुभूति सुनाउँछन् स्थानीयवासी बुद्ध राई । “बाबु, हामी त अहिले रानो हराएको मौरी जस्तै भा’छौं,” निराशा मिश्रित स्वरमा राईले भने । उनका अनुसार यहाँका कतिपयको दैनिकी माछामै निहीत थियो । माछा बेचेरै थुप्रै परिवारले आफ्नो गर्जो टारेका थिए तर, केही वर्षदेखि बागमतीमा माछा पाइन छाडिएको छ । बागमतीमा माछा पाउन छाडेपछि कतिपयले वैकल्पिक पेशा अङ्गालिसके । “पेशा त परिवर्तन गरौंला तर, खाने चाहीँ के नि ? हामीलाई गहिरो चिन्ता छ,” उनले चिन्ता पोखे । 

बागमतीमा माछा पाउन छाडेपछि केही स्थानीय बासिन्दाले पोखरीमा माछा पाल्न थालेका छन् । कसै कसैले तराईबाट ल्याइएका पोखरीका माछा खान थालेका छन् । स्थानीयवासी ७५ वर्षीय रामबहादुर राई भन्छन् – “तर स्वाद नै हुँदैन । कहाँ लोकल माछा ? कहाँ विकासे ?” 

बागमतीको माछा भनेपछि देशैभरका माछा पारखीको मुख रसाउँथ्यो । “हामी कार्टुनमा हालेर काठमाडौँ लान्थ्यौं, टाटीमा राखेर आगोमा सेकाइएका माछा काँचै खाँदा पनि खुब मिठो हुन्थ्यो, माछा बिनाको छाक हुन्नथ्यो,” उनले थपे । राई गाउँकै ७० वर्षका अर्का वृद्ध जगतसिंह राई गाउँमा विगतमा गिठ्ठा खाने दिन, थाकलको गुभा खाने दिन, दुवाली थुन्ने दिन रमाइलो गरी मनाएका क्षणहरु सम्झन्छन् । “दुवाली थुन्ने दिन गाउँ नै उर्लेर खोलामा जाने, उतै माछा मार्ने, भात पकाउने, खाने, अनि, साँझ बोरामा माछा लिएर फर्कने, ती दिनहरु अब सम्झनामा मात्रै रह्यो,” उनले भने । 

राई गाउँमा २० वर्ष बसेका ९८ वर्षीय उमाकान्त आचार्य आफू शाकाहारी भए पनि राई गाउँले माछा खान सिकाएको बताउँछन् । आलु, प्याज, सागसब्जी केही पनि नलगाउने करौंजेमा दुई बाली अन्न बाहेक केही हुन्नथ्यो । एकपटक मकै अनि, धान वा कोदो, त्यो बाहेक कसैले केही पनि नलगाउने चलन थियो । कसै कसैले तोरी र गहुँ पनि लगाउँथे तर, थोरै । तेल र बेसारको समेत प्रयोग नगरी माछाको स्वादिष्ट परिकार बनाउने कला थियो त्यहाँ । आचार्यले भने – “गाई पाल्ने तर, मल र गोरुका लागि । दूध दुहुने र खाने चलन थिएन । हामी सिन्धुपाल्चोक र सिन्धुलीबाट बसाइँ सरेर आएका दुई तीन घरले दूध दुहुन र दूध दही खान शुरु ग¥या हौं ।” 

यही प्रसङ्गमा बुद्ध राई भन्छन् – “यहाँ अझै पनि तरकारी, फलफूल लगाउने चलन छैन । गाई दुहुने र दही दूध खाने चलन पनि एकदम कम छ । परिवर्तित समयमा माछा बिना बाँच्न त बाँचिएला तर, बागमतीमा माछा नदेख्दा र नपाउँदा हाम्रो पहिचान, चालचलन र रहनसहनमा असर परेको छ ।” 

तीन–चार वर्ष अगाडिसम्म पनि प्रशस्त माछा पाइने बागमती नदीमा किन माछा पाइन छाड्यो त ? वन विज्ञान अध्ययन संस्थान हेटौँंडाका क्याम्पस प्रमुख प्रा कृष्णप्रसाद दाहाल प्रदूषण नै प्रमुख कारण हुनसक्ने बताउँछन् । खेतबारीमा प्रयोग गर्ने विषादीहरु बगेर नदीमा पुग्छ । अस्पताल, कलकारखानाका रसायनजन्य फोहरमैला बगेर नदीमै जान्छ, ती पनि कारण हुन सक्छन् । माछा मार्न विषादीको प्रयोग अर्को कारण हुन सक्छ । वर्षात् तथा डढेलोको खरानीको भेल नदीमा पसे पनि जलचरलाई असर गर्ने उनको तर्क छ । हेटौँडामै पनि हिउँदे भेलका कारण माछा मरेको पाइएको उनले बताए तर, बागमती नदीको सवालमा किसानले बालीमा प्रयोग गर्ने विषादी नै प्रमुख कारण हुनसक्ने उनको ठम्याइ छ । 

उनले भने – “मकवानपुर, ललितपुर र सिन्धुलीका किसानले प्रयोग गरेको विषादी स्थानीय खहरे खोल्सा हुँदै नदीमा पुगेर जलचरलाई प्रभावित पारेको हुन सक्छ ।” यो पूरै देशको समस्या हो । समयमै नसोचे जैविक सन्तुलनमै समस्या उत्पन्न हुने र त्यसले विकराल समस्या निम्त्याउन सक्ने वातावरणविद्हरु औँल्याउँछन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article फाप्लुमा विमानको चाप बढ्यो
Next Article अर्जेन्टिनामा विश्वकप फुटसल खेल्न जाने नेपाली टोलीलाई गृहमन्त्रीद्वारा बिदाइ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

नेकपा सचिवालय बैठक निष्कर्ष बिहिन

57 years ago
काठमाडौँ - KTMप्रवास

उज्ज्वल ठकुरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’बाट सम्मानित

57 years ago
काठमाडौँ - KTMसमाज

कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन

57 years ago
काठमाडौँ - KTMसमाज

देशभर मनसुनी वायुको प्रभावः केही क्षेत्रमा भारी वर्षाको सम्भावना

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?