२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीबाट भरुवा बन्दूकसहित एक जना पक्राउ

२०७५, १५ चैत्र शुक्रबार ०८:३०

चैत १५, डोटी | दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घागलको गस्तीमा गएको संयुक्त प्रहरी टोलीले एक नाले भरुवा बन्दूकसहित जङ्गलमा घुमिरहेको अवस्थामा बिठाडीलाई पक्राउ गरेको हो । विनाइजाजतको हतियार बोकेकाले अभियुक्त बिठाडीलाई हातहतियार खरखजाना तथा विस्फोटक पदार्थ कसूरअन्तर्गत कारवाही हुने प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिनुभयो । अभियुक्त बिठाडीलाई अहिले प्रहरीले जिल्ला प्रहरी कार्यालय डोटीमा राखी बयान लिइरहेको छ । 

एचआइभी सङ्क्रमितलाई सम्मान 

एक गैरसरकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर जिल्लाका एचआइभी सङ्क्रमितलाई आज सम्मान गरेको छ । गुड नेवर्स इण्टरनेशनल नेपालका जिल्ला कार्यक्रम संयोजक रञ्जितकुमार चौधरीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित बालबालिकासहित २० जनालाई सम्मानका साथ फलफूल विततरण गरियो । 

दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहरा र वडा नं ८ का वडाध्यक्ष रामबहादुर खड्का तथा स्वास्थ्य कार्यालयका प्रमुख डा भूषण मिश्रले एचआइभी सङ्क्रमितका पक्षमा काम गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा लालीगुँरास एकता समाजका अध्यक्ष कमला मल्लले सामाजिक रुपमा सहज जीवनयापनका लागि सङ्क्रमितलाई स्वास्थ्य र आयआर्जनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला अस्पतालमा रहेको तथ्याङ्कानुसार जिल्लामा कम्तीमा ९०६ जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको छ । तीमध्ये ५० बालबालिका मात्रै छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म