२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपालको समृद्धि भारतको स्वार्थ’

२०७५, १७ चैत्र आईतवार १५:५४

काठमाडौँ, १७ चैत (रासस) : ‘रोटीबेटी’को भारत–नेपाल सम्बन्धभन्दा माथि नेपालको शान्ति र समृद्धि भारतीय स्वार्थ भएका हिन्दुस्तानका एक जना युवा नेताले बताएका छन् । 

‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार तुल्याउने नेपाल सरकारको लक्ष्यप्राप्तिमा सघाउन अधिक गरिबीका बीच पनि भारतले हासिल गरेको प्रगतिबाट लाभान्वित होस् भन्ने हृदयदेखि नै चाहेको बताएका छन् । 

‘उदियमान भारतका आकांंक्षा र उसको विदेश नीति’ विषयमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल नामक संस्थाले आज राजधानीमा गरेको संगोष्ठीमा अखिल भारतीय विद्यार्थी परिषद्का सङ्गठन सचिव सुनिल अम्बेकरले भारतको राष्ट्रिय स्वार्थ नेपालको समृद्धि र सामाजिक विकास नै भएको बताउनुभयो । 

“नेपाल–भारतबीचको मैत्री राजनीतिक–आर्थिक सम्बन्धभन्दा उच्चस्थानमा रहेको र दुई राष्ट्रका जनतामाझ झांिगएको आत्मियता कूटनीतिक माध्यमबाट माझिएको छ,” नेपालका अजंगका हिमालले भारतलाई एक किसिमको सुरक्षाको प्रत्याभूति गराएको यथार्थ सुनाउँदै उहाँले भन्नुभयो । 

भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले पाँच वर्षअघि भारतको प्रधानमन्त्रीको शपथ समारोहमा नेपालसहितका छिमेकी देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई निम्त्याएर ‘छिमेकलाई पहिलो प्राथमिकता’ विदेशनीति अङ्गिकार गरेको दृष्टान्त प्रस्तुत गर्दै आतङ्कवादविरुद्धको भारतको लडाईंमा नेपालको दृढ समर्थनको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । 

एउटा छिमेकीबाहेक अरुसबैसँग मोदी सरकारले साझेदारी र समझदारीका साथ आतङ्कवाद र हावापानी परिवर्तनजस्ता साझा चासो र चिन्ताका विषयमा सहकार्य गर्न चाहेको उहाँको कथन थियो । 

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालमा राजनीतिक स्थायित्व कायम भएसँगै आर्थिक–सामाजिक विकासको पथमा अग्रसर भएको नेपाललाई अरुण तेस्रोजस्ता विशाल विद्युत् परियोजनाले समृद्धिको सपना साकार पार्न शनिबार सकिएको ‘नेपाल लगानी सम्मेलन’ले सुनिश्चित गरेको बताउनुभयो । 

शताकौंको सहभागितामा सम्मेलन सुसम्पन्न गर्न सक्ने अन्तर्राष्ट्रिय सम्मेलन र पर्यटन उद्योगलाई व्यावसायिकरुपमा उन्नत बनाउन चौधरी समूहसँगको साझेदारीमा भारतको ताज ग्रुपले नेपालमा होटलजस्ता पर्यटनका पूर्वाधार निर्माण गर्ने नेपाल सम्मेलनका उपलब्धिबाट भारत खुशी भएको भन्दै उहाँले नेपालको समृद्धि भारतको चाहना भएको बताउनुभयो । 

हाल समस्त विश्वको ध्यान भारतमा हुन लागेको आम निर्वाचनतर्फ केन्द्रित रहेको बताउँदै राजदूत पुरीले दश लाख सरकारी कर्मचारी त्यसमा खटिएका र ९० करोड भारतीय जनताले मतदान गर्ने जानकारी दिनुभयो । 

प्रतिष्ठानका निर्देशक दीपक अधिकारी र महासचिव नलिनी ज्ञवालीले नेपाल–भारत सम्बन्धका विविध आयाममा केन्द्रित रहेर प्रतिष्ठानले वर्षेनी नेपाल र भारतमा विचारोत्तेजक संगोष्ठी आयोजना गर्दै आएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो