२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी हुँदा ६० लाख क्षति

२०७५, २१ चैत्र बिहीबार ११:३५

चैत २१, सर्लाही | सर्लाहीमा आगलागी हुँदा झण्डै ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मलंगवा नगरपालिका-१०, मा रहेको शंकर गुप्ताको बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किँदा ६ वटा पसलसमेत चलेर नष्ट भएका छन् ।

बुधबार राति भएको आगलागीले पसलहरुमा रहेको सरसमान जलेर ५९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मलंगवा नगरपालिकाको नारायण ठाकुर र प्रमोद शर्मा ठाकुरको काठको फर्निचर पसल, राज किसुन पंडितको काठको किराना पसल, हुसैनी मुकेरीको सिरक र डसना बनाउने काठको पसल, पिन्टु यादवको काठले बनेको बोर्डमा लेख्ने आर्टिस्ट पसल र शम्भु ठाकुर हजामको काठको सैलुन पूर्णरुपमा जलेर नष्ट भएको हो । 

आगलागीबाट ठूलो मात्रामा क्षति भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी